आज:  | Tue, 14, May, 2024

नव गठित समाजवादी मोर्चाको २३ दिनपछी पहिलो बैठक सम्पन्न

२३ असार २०८०, शनिबार १९:५४ मा प्रकाशित ( १0 महिना अघि) ३७३ पाठक संख्या
नारी बाटिका


नारी वाडिका डट्कम संवाददाता

धादिङ २३ असार

२३ दिन अगाडी विप्लव लगायतका पार्टीहरुको सहभागितामा चारदल मिलेर समाजवादी मोर्चा बनेसंगै शनिबार मोर्चाको पहिलो बैठक सम्पन्न भएको छ । आज शनिवार बसेको पहिलो वैठकले मोर्चाको आगामी बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदा सम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने निर्णय भएको बताइएको छ ।

कार्यदललाई मोर्चाको आचारसंहिता र भावी नीति तथा कार्यक्रम बनाउने जिम्मा दिइएको छ । मोर्चा गठन भएको २३ दिनपछि शनिवार बसेको पहिलो बैठकले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने जनाएको छ ।साथै कार्यक्रम गर्नको लागी मिति भने घोषणा गर्ने काम २७ गते कार्यक्रमको बैठकले गर्ने एकीकृत समाजवादी नेता राजेन्द्र पाण्डेले बताउनु भयो ।

यसैगरी मोर्चालाई प्रभावकारी र गतिशिल बनाउन ४ सदस्यीय रहेको कार्यदल बनाएको छ । गठित कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का प्रमेश हमाल‚ नेकपा (माओवादी केन्द्र)का देव गुरुङ‚ जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाका खड्ग बहादुर विश्वकर्मा रहेका छन् ।

मोर्चाका समझदारीबारे आगामी बैठकले टुंगो लगाउने निर्णय समेत गरेको छ । ६–६ महिनामा फरक फरक दलले आलोपालो मोर्चाको अध्यक्षता गर्ने गरी सहमति भएको छ । त्यस्तै दीर्घकालीन रुपमा यस मोर्चाको बिकास पार्टी एकताकै लक्ष्यका साथ हाललाई मोर्चाबन्दी गरिएको पाण्डेले बताउनु भएको हो ।

तस्वीर अनलाईनबाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस