आज:  | Tue, 14, May, 2024

सवाल पुरानो तर नयाँ चर्चाको विषय बनेको ललिता निवास प्रकरणमा थप दुई जना आरोपी पक्राउ

२४ असार २०८०, आईतवार १७:३३ मा प्रकाशित ( १0 महिना अघि) ४४१ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२४ असार ।

सवाल पुरानो तर नयाँ चर्चाको विषय बनेको ललिता निवास जग्गा प्रकरणमा थप दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई नियन्त्रणमा लिएको हो ।

आइतवार सीआइबीले आज उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको सीआइबीका एसएसपी दिनेश आचार्यले समचार माध्यमलाई जानकारी दिएका हुन् । घिमिरेले समरजंग कम्पनीका प्रमुखका रुपमा जिम्मेवारी समहालेको समयमा उक्त सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिना भएकोमा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिए पछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो।

अर्याल भने नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको पाइएको सीआइबीले जनाएको छ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह, व्यापारी मिनबहादुर गुरुङ लगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ परिसकेका छन्। यस प्रकरणमा तीब्र अनुसन्धान अगाडी बढाइएको सीआइबीले बताएको छ।

यस प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सय भन्दा बढी पदाधिकारी र कर्मचारीहरुको नाम जोडिएका छन्। ललिता निवासको १४२ रोपनी जग्गा हडप्ने कार्यमा संलग्न रहेको भन्दै यसअघि नै प्रहरीले कम्पनीका पूर्व प्रमुख रमेश कुमार पोखरेललाई पक्राउ गरिसकेको छ।

साथै यस प्रकरणमा अघिल्लो पटकको अनुसन्धानमा नै पक्राउ पूर्जी जारी भइसकेका व्यक्तिहरु माथि थप अनुसन्धान गरि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस