आज:  | Thu, 27, Mar, 2025

संसदलाई प्रमुख दलले आफ्नो सिन्डिकेट बनाउन खोजेको रवि लामिछानेको आरोप

२४ असार २०८०, आईतवार १९:४८ मा प्रकाशित ( १ साल अघि) २६०७ पटक पढिएको
नारी बाटिका


काठमाडौं,२४ असार ।

आइतवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनु भएको छ। आज नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले संसदलाई काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनु हो।

उहाँले तीन प्रमुख राजनीतिक दलको बीचमा सल्लाह मिल्दा संसद चल्ने र सल्लाह नमिल्दा संसद नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । दलहरुले पटक–पटक यस्तो गरेको भन्दै अब आफूहरुले नसहने समेत बताउनु भयो। उहाँले आपसमा सल्लाह नगरी जुनकुनै मुद्दा संसदमा लिएर आउन आग्रह पनि गर्नु भयो ।

‘सदन तीन नेताको होइन‚ सदन प्रतिपक्षको हो अझ बढी। सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिले जनताका कैयौँ सवालमा कुराकानी गर्नु पर्नेछ। उनहरुको सल्लाह मिल्यो भने संसद चल्ने भयो‚ नमिल्दा नचल्ने भयो। संसदमा स्वतन्त्र रुपमा जितेर आउनु भएको माननीयज्यूको पनि उत्तिकै भूमिका रहनु पर्छ।

संसदलाई संसद जस्तो बनाउनु पर्छ। सरकार अथवा ठूला दलहरु बीचको भागबन्डाको विषय नै होइन । प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजेको देखियो। तर यो गर्न पाइँदैन र हामी दिदैनौ पनि । संसदको मर्यादालाई, संसदको गरिमालाई जोगाउनु पर्ने हुन्छ। जनप्रतिनिधिहरु त्यहाँ आम नागरिकको मुद्दा बोकेर आएका हुन्छन्। सरकारले एक त काम नै दिन सकिरहेको छैन। जे मुद्दा छ संसदमा लिएर आउने। संसदमा कुरा गरौँ।’

रास्वपा मिटरब्याज पीडितहरुको पक्षमा नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको पनि वताउनु भयो। रास्वपा मिटरब्याज पीडितको लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उहाँले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताउनु भयो ।

लामिछाने भन्नु हुन्छ‚ हामीले यत्ति कुरा भनेका हौँ कि यो महत्वपूर्ण अध्यादेश मार्फत आएको मिटरब्याज सम्बन्धी विषय थियो। यसको पक्षमा हामी थियौँ। सरकारले यस्तो महत्वपूर्ण कुरालाई अन्तिम दिनमा ल्याएर के गर्न खोजेको हो ? हामी सिरियस छौँ भन्ने अनि अन्तिम दिनमा ल्याउनु के जरुरी थियो र ?
देखाउनका लागि जनप्रिय बन्नका लागि हामीले ल्यायौँ नि मिटर ब्याजको लागि भन्ने अनि प्रतिपक्षले गर्न दिएन भन्ने ? सबै प्रतिपक्ष एउटै होइनन्। धेरै प्रतिपक्ष छन्। हामीले अहिले के भनेका हौँ भने संसद सुचारु रुपमा चलोस्। प्रधानमन्त्रीले जवाफ दिनु पर्‍यो। प्रधानमन्त्रीले अत्यन्त गम्भिर विषय उठाउनु भयो। यो अत्यन्त अशोभनीय विषय भयो ।’

यस्तै लामिछानेले यसअघिको बैठकमा एमालेका सांसदहरुले बोलेपछि सभामुखले आफूहरुलाई बोल्न नदिएर सबै प्रतिपक्षको आवाज नै त्यही हो भन्ने वातावरण वनाएको । रास्वपाको आफ्नै अडान र मुद्दाहरु रहेको उल्लेख गर्दै त्यसमा आफूहरु अडिग रहेको बताउनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस