आज:  | Tue, 14, May, 2024

नारायणगढ–मुग्लिन सडकखण्ड चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

२९ असार २०८०, शुक्रबार ०८:२२ मा प्रकाशित ( १0 महिना अघि) ३५३ पाठक संख्या
नारी बाटिका


काठमाडौं, २९  असार ।

आज बिहान ५ः२० बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं.२९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५ः२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर स्थित विभिन्न अस्पतालमा पुर्याएको छ । साथै उक्त दुर्घटना ग्रस्त बस चालक पनि घाइते भएर उपचार गरिरहेका छन् । घाइतेहरु मध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ । बसलाई दुर्घटना स्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको प्रहरीले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस