आज:  | Sun, 28, Apr, 2024

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा बालुवाटार पुगेर लुले प्रधानमन्त्रीलाई समवेदना

३० असार २०८०, शनिबार ०८:१३ मा प्रकाशित ( ९ महिना अघि) ३२३ पाठक संख्या
नारी बाटिका


काठमाडौं, ३० असार ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा बालुवाटार पुगेर लुले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई समवेदना प्रकट गरेका छन् । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सीता दाहालको निधनप्रति समवेदना प्रकट गर्नको लागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

शुक्रबार साँझ बालुवाटार पुगेर लुले प्रधानमन्त्रीलाई भेटेका हुन्। भेटका क्रममा उनले पत्नीशोकमा रहेका प्रचण्डलाई समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले प्रधानमन्त्री पत्नी सीता दाहालको तस्वीरमा माल्यार्पण पनि गरेका छन् ।

तस्वीर सामाजिक संन्जालबाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस