आज:  | Sun, 28, Apr, 2024

आज देशको सवै प्रदेशका तथा लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

३० असार २०८०, शनिबार ०८:४६ मा प्रकाशित ( ९ महिना अघि) ४४५ पाठक संख्या
नारी बाटिका


काठमाडौं,३० असार, ।

आज देशको सवै प्रदेशमा मौसम सामान्य देखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ(गर्जन रचट्याङ्ग सहित हल्का तथा मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर देशका सबै प्रदेशका केही ठाउँमा मध्यदेखी भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघ(गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै केही ठाउँमा भारी वर्षातका साथै हावाहुरी, चट्याङ, बाढीपहिरोको पनि सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस