आज:  | Sat, 27, Apr, 2024

सनातन धर्मालम्वीहरुले महत्वपुर्ण रुपमा लिइने मलमास महिना

२ श्रावण २०८०, मंगलवार ०८:१६ मा प्रकाशित ( ९ महिना अघि) ३९१ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२ साउन ।

आज मंगलबार बाट अधिकमास अर्थात् पुरुषोत्तम महिमा शुरु हुँदैछ। साथै यस महिनालाई मलमासको महिना पनि भनिने गरिन्छ । विषेश गरी यस साउन महिनामा पर्ने शोमवारका दिन सनातन धर्मालम्वीहरुले शुद्ध भई,माछा मासु,लसुन,प्याज,मुसुराको दाल आदी नखाई फलफुल,दही दुध लगायतका खानेकुराहरु चोखो मानिने र सोही खाने र शिवालय मठमन्दिरमा गई पुजाआजा गर्ने,भगवान शिवको आरधाना गर्ने गर्दछन् ।

यो एक महिनामा के–के गर्न हुन्छ, के–के गर्न हुँदैन भन्ने जिज्ञासा पाइन्छ ।

यस्तै यस मलमासको समयमा जस्तै विवाह,वर्तवन्ध,यज्ञ,पुराण आदीका मांगलिक शुभकार्यहरु गर्न नहुने मान्यता रहेको धर्मशास्त्रीहरु बताउँछन्। ‘विशेष पूजाआजा, यज्ञ–अनुष्ठान हरु पनि गर्नु हुँदैन । व्रतबन्ध, विवाह र गर्भाधानजस्ता संस्कार गर्नु हुँदैन’ गुरु पुरोहितहरु भन्छन्, ‘त्यस्तै शिलान्यास, नवगृह प्रवेश सप्ताह, नवाह आदि कार्य पनि अधिकमासका वेला बर्जित छन् ।’

त्यस्तै कुनै मनोकामना राखेर तीर्थयात्रा पनि गर्न नहुने मान्यता रही आएको छ। तर दैनिक रूपमा गरिने स्नान, सन्ध्योपासन, नित्य पूजा आदिका साथै नामकरण, अन्नप्राशन र अन्त्येष्टि जस्ता संस्कार भने नरोकिँने धर्मशास्त्रीहरु बताउँछन् ।

यस समयमा भगवान् पुरुषोत्तम (नारायण)को आराधना गर्नु पर्ने पौराणिक मान्यता छ। यसैले पनि अधिकमासलाई पुरुषोत्तम मास भनिएको हो। यो महिना भरि भगवान पुरुषोत्तम माहात्म्य पाठ गर्ने परम्परा रही आएको छ। बृहन्नारदीय पुराण अन्तर्गतको भनिएको पुरुषोत्तम माहत्म्यमा अधिकमासको उत्पत्ति कसरी भयो र यसवेला के गर्न हुन्छ र के गर्नु हुँदैन लगायत विभिन्न प्रसंग बताइएको पाईन्छ ।

यस्तै यो महिनामा तुलसी पत्रले भगवान नारायणको पूजा आराधना गर्ने, श्रीमद्भागवत महापुराण श्रवण गर्ने लगायतका कार्य विधीहरु बताइएका छन्। यस समयमा गरिने स्नान, दान र भगवान पुरुषोत्तमको आराधना विशेष फलदायी हुने बताइएको छ। अधिकमासको अन्त्यमा तिलको तेलद्वारा निर्मित दीप र काँसको थालमा मालपुवा दान आदि कार्य गर्दा शुभ हुने धार्मिक मान्यता रहेको छ ।

यस्तै नव विवाहित दम्पतीले एकैसाथ बस्न नहुने ज्योतिषीय मान्यता पनि छ । ज्योतिष शाश्रका नियम बारे पुरुषोत्तम माहत्म्यमा भने केही बताइएको छैन भन्दछन् धर्मशास्त्रीहरु। कसैले पूरै महिना र कसैले सुरुका केही र अन्त्यका केही दिन घर छल्ने गर्छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस