
नारी बाटिका
काठमाडौं,२ साउन ।
मंगलबार बागमती र कोशीका पहाडी भूभागका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको अनुसार सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना जनाएको छ।
यस्तै हाल देशभर सामान्य देखि पूर्ण बदली भइरहेको छ। गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेश प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
साथै आज मंगलवार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थान र बाँकी भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।







प्रतिक्रिया दिनुहोस