आज:  | Tue, 14, May, 2024

जिल्ला प्रहरी कार्यलय धादिङद्धारा पत्रकार सम्मेलन गरी आ.व.२०७९।०८० को कार्य समिक्षा

२ श्रावण २०८०, मंगलवार २०:३२ मा प्रकाशित ( १0 महिना अघि) ५१४ पाठक संख्या
नारी बाटिका


 भगवती उप्रेती, संवाददाता
धादिङ,२ श्रावण  ।

जिल्ला प्रहरी कार्यलय धादिङद्धारा मंगलवार पत्रकार सम्मेलन गरी आ.व.२०७९।०८० मा भएका कार्य समिक्षा गरिएको छ । जि.प्र.का.धादिङको महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको कार्यक्रम हलमा पत्रकार सम्मेलन गरी आ.व.२०७९।०८०मा भएका सवारी दुर्घटना,महिला बालबालिकाको क्षेत्रमा भएका अपराधिक घटनाहरु,बड्दो आत्महत्याका घटनाहरु,लागु औषधी सम्वन्धी घटना आदीका विषयमा तथ्याङक सहित समिक्षा गर्दै सार्वजनिक गरेको हो ।

धादिङ प्रहरीले फरार एक सय १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्ममा फरार प्रतिवादी मध्य एक सय १० जनालाई पक्राउ गरेको छ । मंगलबार कार्यालयले पत्रकार सम्मेलन गरि गत आवको कार्य समिक्षा गर्दै कतिपय घटनाहरुमा न्युनिकरण भएता पनि आत्महत्या तथा ठुलो परिणाममा लागु औषध बरामद भएको  सार्वजनिक गरेको हो ।

 

आर्थिक वर्ष २०७८÷०७९ मा ६९ जना फरार प्रतिवादी पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख गौतम मिश्रले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्य समिक्षामा प्रतिवेदन प्रस्तुतीकरण गर्नु हुँदै २ सय ९७ वटा पेन्डिङ मुदा फर्छौट गरिएको बताउनु भएको छ । त्यस्तै ४ सय ५२ वटा मुद्ध दर्ता भएकोमा २ सय ३७ वटा फर्छौट र २ सय १५ बाँकी रहेको मिश्रले बताउनु भएको छ ।

यस्तै आत्महत्याको घटना ९७, भवितव्य ज्यान मुद्धाको ७१, सवारी ज्यानको ४०, लागु औषध २९, जबरजस्ती करणीको घटनाका उजुरी १५, जबरजस्ती करणी उद्योगमा ८ र अभद्र व्यवहारमा ३० वटा मुद्धा दर्ता भएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराधहरुमा एक सय ९, घरेलु हिंसा ६५ र ठाडो उजुरी २३ परेको जनाइएको छ ।

यसैगरी धादिङमा आर्थिक वर्ष २०७९।०८० मा भने सवारी दुर्घटना हुने संख्यामा कमी आएको समेत तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा २ सय ५४ रहेकोमा घटेर २ सय ३१ मा झरेको मिश्रले जानकारी गराउनु भयो ।

जिल्ला प्रहरी कार्यलय धादिङका इनिस्पेक्टर अभय लामाले संन्चालन गर्नु भएको वार्षिक कार्य समिक्षा तथा पत्रकार सम्मेलन मा प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले गत वर्षको तुलनामा यस आवमा आत्महत्या भन्दा बाहेकका घटनाहरुमा कमी आएको वताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस