आज:  | Tue, 14, May, 2024

नेपाली काँग्रेस केन्द्रिय कार्य समितीको बैठक ३ दिनदेखी जारी नेताहरुले आ—आफ्ना धारणा राख्ने

४ श्रावण २०८०, बिहीबार ०८:१९ मा प्रकाशित ( ९ महिना अघि) ३६४ पाठक संख्या
नारी बाटिका


काठमाडौं, ४  साउन  ।

तिन दिनदेखी जारी नेपाली कांग्रेस केन्द्रिय कार्य समितीको बैठक पार्टी कार्यलय सानेपामा चलिरहेको छ । हिजो वुधवार बसेको बैठकमा पार्टी केन्द्रिय समितीका सदस्यहरुले आ—आफ्ना धारणा राखेका थिए । त्यसैगरी केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ भने केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्ने भएका छन्  । पार्टी कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने सभापती शेर व.देउवाले सोधिएका पश्नको जवाफ पनि दिनु हुनेछ ।

केन्द्रिय समितीको बैठकमा प्रस्तुत १० वटा एजेण्डा र प्रतिवेदन माथि केन्द्रीय सदस्यहरुले धारणा राखि रहेका छन्। बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ । बोल्ने प्रत्येक सदस्यलाई ७ मिनेटको समय निर्धारण गरिएको छ । साथै पहिलो पटक बैठकका छलफलहरु सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिएको छ ।

बुधवार बोल्ने नेताहरुले प्रदेश समितिलाई जिम्मेवारी विहीन बनाइएको भन्दै नेतृत्वप्रति कडा आक्रोश पोखेका छन्। अधिकांश सदस्यहरुले गुट बन्दी मौलाएको, सरकार र पार्टीबीच समन्वय हुन नसकेको र पार्टी विधान अनुसार नेता चल्न नसकेको धारणा राखेका थिए। केही नेताले भने भुटानी शरणार्थी प्रकरणमा परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा निर्णय लिनु पर्ने धारणा राखेका थिए ।

बैठकमा सातै प्रदेश सभापतिहरुले प्रदेश समितिलाई जिम्मेवारी विहीन बनाइएको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरेका हुन् । जिम्मेवारी विहीन बनाउनुको साटो प्रदेश संरचना खारेज नै गर्न समेत चुनौती दिएका छन् । पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरी सिधै जिल्ला र स्थानीय तहमा जाने गरेको उल्लेख गर्दै उनीहरुले प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने धारणा पनि राखेका छन् ।

साथै सदनमा पार्टीको उपस्थिति कमजोर रहेको र संसद बैठकमा जानु पूर्व सल्लाह गर्नु पर्नेमा पनि नेताहरुको जोड दिएका छन्। बैठकमा सह महामन्त्रीहरुलाई जिम्मेवारी नदिइएको, भ्रातृ संस्थाहरुलाई पार्टीले मरणासन्न अवस्थामा पुर्‍याउँदा तीनै तहको निर्वाचनमा असर परेको, नातावाद हाबी भएको, पार्टीमा गुटबन्दीको अवस्था रहेको लगायतका विषयमा विषेश चर्चा भएको थियो ।

महामन्त्री गगन थापाले मंगलबार पेस गरेको कार्ययोजनामा आगामी एक वर्ष पार्टीमा सदस्यता अभियान चलाउने र पाँचदेखि सात लाखसम्म सदस्य थप्ने, पार्टीका विभागलाई ४८ बाट ७० पुर्याउने प्रस्ताव राख्नु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस