आज:  | Sun, 28, Apr, 2024

अवैध रुपमा नेपालमा सुनको क्विन्टल नै भित्रने गरेको खुलासा ; भन्सार एजेन्ट सहित ६ जना पक्राउ

४ श्रावण २०८०, बिहीबार ०९:०९ मा प्रकाशित ( ९ महिना अघि) ५३१ पाठक संख्या
नारी बाटिका


काठमाडौं, ४ साउन ।

नेपालमा भन्सार छली गर्दै अबैध रुपमा १ । २ केजी मात्रै हैन, क्विन्टलका क्विन्टल सुन तस्कर हुने गरेको बुधवार त्रिभुभन विमास्थलाबाट सिनामंगल सम्म पुरईसकेको १ क्विन्टल सुन बरामद पछी यस्तो खुलासा भएको हो । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको सुन आज राष्ट्र बैंकद्धारा तौल समेत गरिने भएको छ। त्यिस्तै हिजो राती १० बजेको आसपासमा त्रिभुभन विमास्थलाबाट कसरी त्यहाँका सुरक्षाकर्मी तथा कर्मचारीको आँखा छलि गरि १ क्विन्टल सुन ट्याक्सीमा राखी एर्पोट बाहिर पास गरियो विषय गम्भिर र रहस्यमय रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार समेत पार गरिसकेको एक क्विन्टल सुन बुधबार सिनामंगलबाट बरामद भएको हो । ​आठ वटा कार्टुन बक्समा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो। जसको तौल १ सय ५४ केजी उल्लेख रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिका प्रसाद खनालले जानकारी दिएका छन् । साथै उक्त सुनको आज बिहान १० बजे राष्ट्र बैंकले जोख्ने लागेको हो ।

गएको जुलाई १६ तारिखमा हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको खनालको भनाइ छ। अझै रहस्यमय कुरा त तीन दिनसम्म विमानस्थलको भन्सार गोदाममा राखेर बुधबार बेलुका मात्रै उक्त सुन निकालिएको थियो ।

बुधबार समातिएको सुन बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’ का नाममा आएको थियो । साथै सुन तस्करहरुले नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना हो। यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुन काठमाडौंको क्षेत्रपाटीबाट समातिएको थियो।

त्यस्तै सुन ओसारपसारमा संलग्न रहेका ६ जनालाई पक्राउ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानले जानकारी दिएका छन् । पक्राउ पर्नेहरु मध्य एक भन्सार एजेन्ट पनि रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको ढुंगानाको भनाइ छ। अनुसन्धान पछि थप जानकारी दिने राजस्व अनुसन्धान विभागका स्रोतले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस