आज:  | Sat, 27, Apr, 2024

बिपीको ४१ औँ स्मृति दिवसका अवशरमा निलकण्ठ नगर कार्य समितीद्धारा वृक्षा रोपण कार्यक्रम

७ श्रावण २०८०, आईतवार १८:३९ मा प्रकाशित ( ९ महिना अघि) ५५१ पाठक संख्या
नारी बाटिका


 

भगवती उप्रेती

धादिङ, ७ साउन ।

बिपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवशरमा धादिङ निलकण्ठ नगरपालिका वडा नं. ११ को वडा कार्यलयको प्रागणमा वृक्षारोपण गरिएको छ । जननायक विपीको सम्झनामा नेपाली काँग्रेसद्धारा साउन ६ र ७ गते देशभरका नगर,गाउँपालिका र वडाहरुमा वृक्षारोपण र विभिद कार्यक्रम गरी मनाइरहेको सन्धर्वमा नि.न.पा नगर पार्टी समितीको आयोजनामा नेपाली कांग्रेस, नीलकण्ठ नगर कार्यसमितिका कार्यवाहक नगर सभापति शम्भु मल्ल ठकुरीको अध्यक्षता तथा नेपाली काँगै्रसका जिल्ला सभापती एवं्सघिय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा धुपी,कल्की,सिसौ आदीका विरुवाहरु सारि नि.न.पा  ११ ज्यामरुङ वडा कार्यलय परिसरमा  वृक्षारोपण गरिएको हो ।

उक्त विक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिती धादिङका पूर्व सचिव विनोद तिमल्सेना,सचिव विकास श्रेष्ठ,सह सचिव नवराज तिमल्सिना,महाधिवेशन प्रतिनिधि नरेन्द्र भट्ट,प्रदेश क्षेत्रीय सभापति होम गुरुङ,पूर्व जिल्ला कार्यसमिती सदस्य एव्ं नेपाल ट्रेडयुनियन वागमती प्रदेश प्रतिनिधी उप्रेती ,पूर्वजिल्ला सदस्य जेम्स अनारस,युवा नेता दीपक कोइराला प्रतिनिधिसभा क्षेत्रीय सदस्य हरिशरण सापकोटा नेपाल ट्रेड युनियन कांग्रेस धादिङका अध्यक्ष ध्रुव रिजाल,नीलकण्ठ नगर सचिव ईश्वर अर्याल,१० नं.वडा अध्यक्ष तथा वडा सभापति रामबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका जननायक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी (विश्वेश्वरप्रसाद) कोइरालाको ४१ औं स्मृति दिवसका नेपाली काँग्रेसले देशभर विभिद कार्यक्रम गरी मनाउदै आईरहेको छ । यसै सन्धर्वमाा नेपाली काँग्रेसले हरेका वर्ष विभिन्न स्थानहरुमा वृक्षारोपण गर्ने गरेको छ ।

साथै यसवर्ष पनि देशका सवै पालिका र वडाहरुमा विविध कार्यक्रम गरेर ४१ औँ बिपी स्मृति दिवस मुलुकभर मनाइएको हो । मुलुकको साहित्यिक क्षेत्रको विकास र देशलाई राणा शासनबाट मुक्त गर्न बिपीको महत्वपूर्ण योगदान छ । उनकै नेतृत्वमा नेपालमा एकतन्त्रीय एवं जहानीय राणा शासनको अन्त्य भएको थियो । राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विक्रम संवत २००३ सालमा बिपीकै अग्रसरतामा नेपाल राष्ट्रिय काँगे्रसको स्थापना भएको थियो ।

राणा परिवारबाटै विद्रोह गरेर सुवर्णशम्शेर लगायतले २००५ सालमा स्थापना गरेको नेपाली प्रजातन्त्र काङ्ग्रेससँग २००६ साल चैत २६ गते राष्ट्रिय काङ्ग्रेसको एकता भएपछि मुलुकमा सशस्त्र क्रान्तिको घोषणा भयो । यही सशस्त्र क्रान्तिको बलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना हुँदा जनविरोधी राणा शासनको अन्त्य हुन पुगेको थियो ।

मुलुकमा प्रजातन्त्र स्थापनापछि काँग्रेस–राणा सरकारमा बिपी गृहमन्त्री बने । विसं २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काँगे्रसले दुईतिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनु भयो । उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मरण गर्दै ४१ औँ स्मृति दिवस हिजोदेखी देशभर मनाइँ रहेको छ ।

नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बिपी काँग्रेसजनमा मात्रै नभइ सिङ्गो मुलुकमा जनप्रीय नेताका रूपमा चिनिनु हुन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस