आज:  | Sun, 28, Apr, 2024

मैत्रीपुर्ण कबड्डी प्रतियोगिता सम्पन्न खेलमा काभ्रे जिल्ला प्रथम

१० श्रावण २०८०, बुधबार ०७:३९ मा प्रकाशित ( ९ महिना अघि) २०६ पाठक संख्या
नारी बाटिका


धादिङ,१० साउन ।

धादिङ जिल्ला कबडी संघको आयोजनामा मंगलवार मैत्रीपुर्ण कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । मैत्रीपुर्ण अन्तर्रििजल्ला कबड्डी प्रतियोगितामा काभ्रे जिल्ला प्रथम भएको छ । धादिङ,काठमाण्डौँ र काभ्रे जिल्लाका जिल्ला स्तरीय टिमबिच भएको प्रतियोगितामा काभ्रे जिल्ल्ला खेलाडीका टोली प्रथम भएका हन् ।

जिल्ला कबड्डी संघका अध्यक्ष रत्नेस कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा प्रथम हुने समुहलाई मेडल र प्रमाण पत्रबाट पुरस्कृत गरीएको थियो ।

उक्त खेलको पुरस्कार वितरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका कार्य पालिका सदस्य,पत्रकार,तथा खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस