आज:  | Mon, 29, Apr, 2024

दिन प्रतिदिन सक्रमण फैलदै, विहिबार धादिङमा ५७ जना डेंगु संक्रमित थपिए

१२ श्रावण २०८०, शुक्रबार ०७:३६ मा प्रकाशित ( ९ महिना अघि) ६१५ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

धादिङ, १२ साउन ।

देशकै डेंगु फैलिएको जिल्लाहरु मध्य दोस्रो स्थानमा रहेको धादिङमा दिन प्रतिदिन सक्रमण फैलद, बिहीबार ५७ जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यलय धादिङले सार्वजनिक गरिएको तथ्यांङकमा हिजो थप ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । सक्रमितहरु मध्य नीलकण्ठ नगरपालिकाका ४५ जना, ज्वालामुखी गाउँपालिकाका ५ जना, गंगाजमुनाका ३ जना, सिद्धलेक, नेत्रावती डबजोङ, खनियाबास र रुवी भ्याली गाउँपालिकाका १र१ जना गरी ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार साउन १ देखि यता जिल्लाका ३४२ जना डेंगु संक्रमित भइसकेको जनाइएको छ । जस्मा १८५ जना पुरुष र १५७ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये ३१३ जना नीलकण्ठ नगरपालिकाका मात्रै रहेका छन् ।

यस्तै ज्वालामुखी गाउँपालिकामा १० जना, सिद्धलेक र गंगाजमुना गाउँपालिकामा ४र४ जना, खनियावास गाउँपालिकामा ३ जना, गल्छी, त्रिपुरासुन्दरी र रुवीभ्यालीमा २ जना, बेनीघाट रोराङ र नेत्रावती डबजोङ गाउँपालिकामा १। १ जना संक्रमित भएका छन् । जिल्लामा ११ गाउँपालिका र २ नगरपालिका मध्य धुनीबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका भने डेँगु संक्रमित प्रवेश गरेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस