आज:  | Tue, 14, May, 2024

भ्रष्टाचारमा संलग्न जुसकुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

१३ श्रावण २०८०, शनिबार २०:०५ मा प्रकाशित ( ९ महिना अघि) ४११ पाठक संख्या
नारी बाटिका


धादिङ,१३ साउन

गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार,बेथिती र ठगी प्रकरणमा संलग्न भएकालाई कारबाहीको दायरामा ल्यायरै छाड्ने बताउनु भएको छ । गोकर्णेश्वरको जगडोल स्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवारका व्यक्ति संलग्न भए पनि कारबाही गरिरै छाड्ने बताउनु भएको हो।

वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासन बिना समृद्धिले फड्को मार्न नसक्ने बताउनु भयो । “भ्रष्टाचार,बेथिती र ठगी विरोधी अभियान रोकिँदैन”, उहाँले भन्नुभयो, “जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नाता सम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन,अनुसन्धानका आधारमा दोषी देखिन्छ भने जुनसुकै ओहोदाका व्यक्ति संलग्न भए कारबाहीको दायरामा ल्याइने छ ।”

देशमा सुशासन कायम गर्न सरकारले चालेको भ्रष्टाचार विरुद्धको कदममा सबैको साथ आवश्यक रहेको मन्त्री श्रेष्ठले उल्लेख गर्नु भयो ।“आम जनता अब देशमा केही हुन्छ भन्नेमा आशावादी छन्”, उहाँले भन्नु भयो, “भ्रष्टाचार विरुद्धको अभियानको विपक्षमा उभिनेका सम्बन्धमा सचेत हुनु पर्छ ।” भ्रष्टाचार गर्नेहरुको पक्षमा आवाज उठाउदै भ्रष्टाचारीलाई सहयोग गर्नेहरुको अभियानलाई सरकारले कुनै पनि हालतमा सहमत जनाउन नसक्ने उहाँको भनाइ थियो ।

मुलुकमा विगतदेखी नै भ्रष्टाचार र कमिसनले जरा गाड्दा रानजीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताउनु भयो ।उहाँले समृद्धिको यात्रालाई अगाडि बढाएर मुलुकलाई समुन्नत बनाउने सहिदका सपना पूरा गर्न बाधक बनेको भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्नु आवश्यक रहेको उल्लेख गर्नु भएको हो ।

“अब भ्रष्टाचार र कमिसनखोरी अन्त्य गरिदिनुपर्छ, जसले नियमविपरित काम गरेका छन् तिनलाई कानूनको दायरामा ल्याउनुपर्छ”,उहाँले भन्नुभयो, “तबमात्रै सुशासन स्थापित हुन्छ । यसबाट मात्रै समृद्धिको लक्ष्य हासिल हुन सक्छ ।” सामाजिक न्याय स्थापित गर्न सकिने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको उद्देश्य पूरा गर्न राजनीतिक दलका नेता कार्यकर्ताले सोच्नुपर्ने बताउनुभयो ।

“राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक, आर्थिक रुपान्तरण कसरी गर्ने, नसोची आफ्नो पद कसरी प्राप्त गर्ने, पदको दुरुपयोग गरेर परिवारको मात्रै समृद्धिको कल्पना गर्ने, संविधान र कानूनलाई तोडेर भए पनि आफ्ना पार्टी वरिपरिका मान्छेलाई कसरी पोस्ने भनेर सोच्यौँ भने सहिदको सपना पूरा हुँदैन”, उहाँले भन्नु भयो।

मन्त्री श्रेष्ठले राजनीतिक दलका नेता कार्यकर्ता तथा राज्यका निकायले सहिदलाई सम्झेर आफूलाई सच्याउनु पर्ने बताउनु भयो ।“मजदुर, किसान, महिला, दलित र पिछडिएका क्षेत्रका जनता, सबै सीमान्तकृत समुदायले परिवर्तनको लाभ प्राप्त ग¥र्यौ भन्ने अनुभूति दिलाउनु पर्छ”, उहाँले भन्नुभयो, “यो परिवर्तनको रक्षा जनताले नै गर्ने अवस्था हामीले बनाउनु पर्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस