
धादिङ,१४ साउन ।
नारी वाटिका संवाददाता
धादिङ जिल्लाको थाक्रेबाट २ केजी लागू औषध सहित एक महिला पक्राउ परेकी छन् । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ समानटारबाट अवैध लागूऔषध पोल्याण्ड सहित एक जना महिला शनिवार पक्राउ परेकी हुन् । निज महिलालाई २ केजी लागु औषध सहित प्रहरीले थाक्रेबाट प्रक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ बस्ने ३० वर्षीया शर्मीला मगर रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरी टोलिले लागुऔषध सहित महिलालाई पक्राउ गरेको हो ।
आग्रामुरीयाबाट महादेववेशी तर्फ आउँदै गरेको ना.५ ख ६५९० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार निजलाई पोल्याण्ड करिब २ केजी लागू औषध सहित पक्राउ गरेको थियो ।












प्रतिक्रिया दिनुहोस