
नारी बाटिका
काठमाडौं,१८ साउन ।
बहिवार राजदूतको तीन प्रस्तावित नाम निर्णयका लागी संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्ने र राजदूतको तीन प्रस्तावित नामबाट निर्णय गर्न बैठक बस्न लागिएको हो ।
बैठकमा संसदीय सुनुवाइ बाँकी रहेका प्रस्तावित राजदूत धनबहादुर ओली (थाइल्याण्ड) घनश्याम लम्साल )कुवेत) र तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स को सुनुवाइ हुने भएको छ।
यसअघि बुधवार बसेको बैठकमा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगका लागि लोकबहादुर थापा, स्वीट्जरल्याण्डका लागि राम प्रसाद सुवेदी र फ्रान्सका लागि सुधीर भट्टराईको संसदीय सुनुवाइ भएको थियो। उनीहरूले आ–आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्य योजना प्रस्तुत गरेका थिए।
सरकारले परराष्ट्र सेवामा रहेका सह सचिवलाई विभिन्न कूटनीतिक नियोग र मुलुकमा राजदूतका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।
तस्वीर : अनलाइन साभार







प्रतिक्रिया दिनुहोस