आज:  | Sun, 05, May, 2024

प्रत्येक दिन समाजिक सञ्जालमा दुईवटा ‘स्टाटस’ लेख्नै पर्ने माओवादी नेताको उर्दी जारी

२२ श्रावण २०८०, सोमबार ०७:३४ मा प्रकाशित ( ९ महिना अघि) ३२३ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२२ साउन ।

प्रत्येक दिन समाजिक सञ्जालमा कम्तिमा पनि दुईवटा ‘स्टाटस’ लेख्नै पर्ने कार्यकर्ता लाई माओवादी नेताले आइतवार उर्दी जारी गरेका छन् । बुधवार देखी जारी रहेको माओवादी केन्द्रिय समितीको बैठकमा अध्यक्ष एव्ै पार्टी नेता पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्धमा पार्टी उदायदेखी जिवन्त एउटै नेतृत्वले पार्टीमा राज गरेको भन्दै नेता वर्षमान पुन र जनार्दन बाट चर्को कुरा उठेपछी विषयर्ला अयन्त्र तर्फ मोड्ने प्रयास पनि भएको थियो ।

साथै केन्द्रिय तहका नेताले यतिबेला पार्टी नेतृत्वको बिराध गर्नु भन्दा पनि नेकपा माओवादी (केन्द्र)नेतृत्वमा रहेर काम गरेको वर्तमान सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन कम्तिमा पनि सबैले आ,आफ्ना सामाजिक संन्जालमा दुईवटा ‘स्टाटस’ पोष्ट गर्नै पर्ने उर्दी जारी गरिएको हो ।

आइतवार राजधानीमा सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोष्ट गर्नै पर्ने निर्णय गरेको हो । त्यस्ता सामाग्री पोष्ट गर्दा सार्वजनिक मिडियामा समाचार बन्न सक्ने गरी कम्तीमा छरसात लाइनको हुनु पर्नेछ भनिएको छ ।

माओवादीले पार्टीका सबै सदस्यलाई मर्यादित रूपमा पार्टीको पक्षमा सामाजिक सञ्जालमा सक्रिय हुन सर्कुलर गर्ने निर्णय गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिएका हुन् । स्टाटस वा पोष्ट लेख्दा सभ्य र मर्यादित भाषाको प्रयोग गर्नुपर्ने, अरूको आलोचना र नकारात्मक टिप्पणी भन्दा आफ्ना नीति र उपलब्धिको प्रचारमा जोड दिनुपर्ने माओवादी पार्टीले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको सचिवालयले उत्पादन गरी पठाएका प्रचार सामग्री (स्टाटस, अडियो, भिडियो, ग्राफिक्स डिजाइन) प्रत्येक केन्द्रीय सदस्यले अनिवार्य शेयर पोष्ट गर्नै पर्ने माओवादीको निर्णय छ । प्रचार तथा प्रकाशन सम्बन्धीको कामलाई व्यवस्थित बनाउन पार्टीको जनसङ्गठनका रूपमा रहने गरी व्यावसायिक सङ्गठनको ढाँचामा आइसिटी फोरम नेपाल बनाएर केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको संरचना बनाउने भएको छ ।

यसैगरी आगामी भदौ मसान्त सम्म आइसिटी फोरम नेपालको केन्द्रीय भेला गरी सम्मेलन आयोजक समिति गठन गरिनेछ । पार्टीको वेबसाइट निर्माण गरी तीन महिने अभियानका सबै गतिविधि ‘अपडेट’ गर्ने, सम्पादक, लेखक तथा समाचारदाता सँग केन्द्रीय स्तरमा नियमित अन्तरक्रिया, स्थानीय स्तरमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्ने पार्टी स्रोतले जनाएको छ ।

माओवादीले कम्तीमा १५ दिनको एकपटक केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी नीति, निर्णय र कामहरू सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । पार्टी केन्द्रीय सदस्य लगायत सबै तहका कमिटी र सदस्यले फेसबुक, ट्विटर र टिकटक लगायत सामाजिक सञ्जालका ‘एकाउन्ट’ बनाउनु पर्ने, पार्टीका सबै कमिटीमा प्रचार सेलको व्यवस्था गर्ने, निर्णय गरेको छ ।

त्यस्तै पछिल्लो समयमा पार्टीका शक्तिशाली नेताहरु अन्यन्त्र पार्टीमा प्रवेश गर्ने क्रम् बढेको, कार्यकर्ताहरु पार्टी प्रति उदासिन बन्दै गएको,ले माओवादी हराउदै जाने भयो भन्ने चौतर्फी रुपमा जनामासमा कुरा उठ्न थालेपछी पार्टीको नीति र नेतृत्वको विरूद्ध सार्वजनिक टिप्पणी गर्ने कुरालाई निरूत्साहित गर्ने माओवादी पार्टी तह बाट्रै यस्तो नीति लिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस