आज:  | Sun, 05, May, 2024

१ क्विन्टल सुन प्रकरणका पक्राउ परेकाहरु ७ दिन हिरासतमा रहने

२२ श्रावण २०८०, सोमबार २०:११ मा प्रकाशित ( ९ महिना अघि) ३६१ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२२ साउन, ।

१ क्विन्टल सुन प्रकरणमा पक्राउ परेकाहरु थप ७ दिन हिरासतमा रहने भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार जिल्ला अदालतले पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

यसअघि सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । थुनुवाहरुलाई हिरासतमा राख्ने अनुमति उच्च अदालत पाटनबाट लिइएको थियो । आइतबार राजस्व अनुसन्धान विभागले अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई लगाएपछि थुनुवाहरुको म्याद जिल्ला अदालत काठमाडौको अनुमतिमा थप गरिएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन साउन २ मा राजस्व अनुसन्धान विभागले सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो मुद्दामा सीआईबीले एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस