आज:  | Sun, 05, May, 2024

मौसम जानकारी : आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२५ श्रावण २०८०, बिहीबार ०७:४९ मा प्रकाशित ( ८ महिना अघि) ३३३ पाठक संख्या
नारी बाटिका


काठमाडौं,२५ साउन ।

आज यी प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कोशी र मधेश प्रदेशका केही भागमा बिहीबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका १–२ स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ। बिहीवार राति देशभर सामान्य बदली रहनेछ भने लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना देखिएको जनाएको छ।

महाशाखाले भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले नागरिकको धनजनको क्षति हुन नदिन सतर्कता अपनाउन अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस