आज:  | Sun, 12, May, 2024

बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने, प्रधानमन्त्री ‘प्रचण्ड’

२९ श्रावण २०८०, सोमबार १३:४१ मा प्रकाशित ( ९ महिना अघि) ३६६ पाठक संख्या
नारी बाटिका


धादिङ २९ श्रावण

देशकै सवैभन्दा ठुलो आयोजना धादिङको बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने, प्रधानमन्त्री ‘प्रचण्ड’ ले वताउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङ र गोरखा जिल्लाको सिमानामा पर्ने बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनको लागी स्थानीय बासीको माग अनुसार शिलान्याश छिट्टै गरिने बताउनु भएको छ ।

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताउनु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल बाट यही साउन ३ गते उक्त आयोजनाको फिल्ड कार्यालय समेत उद्घाटन भइसकेको छ । प्रधानमन्त्रीले आयोजना प्रभावित स्थानीय बासीले मुआब्जा लगायतका विषयमा उठाएका माग सम्बोधन गर्ने र उनीहरुलाई समेत विश्वासमा लिएर अगाडि बढाउने विश्वास दिलाउने काम भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनु भयो ।

यस्तै छलफलको क्रममा गोरखाको धौवादीघाटको पुल निर्माणलाई पनि छिट्टै अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ रहेको थियो । प्रधानमन्त्री ‘प्रचण्ड’ले त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएको झोलुङ्गे पुलको पुनर्निर्माण समेत तत्कालै बाट थालनी गर्ने बताउनु भएको थियो ।

गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल त्रिशुलीको बाढीले क्षति पु¥याएको छ । सो अवसरमा अन्य विकास निर्माण लगायतका विषयमा समेत प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस