आज:  | Sun, 19, May, 2024

गाउँपालिकाकोमा दुघ संकलन केन्द्र खोलिएकोले पशुपालक कृषक उत्साहित

२९ श्रावण २०८०, सोमबार २०:०६ मा प्रकाशित ( ९ महिना अघि) ६१० पाठक संख्या
नारी बाटिका


धादिङ,२९ साउन ।

धादिङको ज्वालामुखी गाउँपालिकाकोमा दुघ संकलन केन्द्र खोलिएकोले पशुपालक कृषक उत्साहित बनेका छन् । मुलुकको बिकासमा तिनै तहको सरकारको प्राथमिकतामा नपरेको कृर्षी क्षेत्र हो भन्न्े चौतर्फी रुपमा किसानहरुबाट गुनासो आइरहेको बेला धादिङको ज्वालामुखी गाउँपालिकाकोमा पशुपालक किसानहरुका लागी गाइभैंसीका दही,दुध,घ्यु बिक्रिवितरणमा सहयोग पुर्‍याउन दुघ संकलन केन्द्र खोलिएको छ ।
जिल्लाको सदरमुकाम बाट कुही घण्टाको दुरीमा रहेको ज्वालामुखी गाउँपालिकाले दुग्ध संकलन केन्द्र स्थापना गर्न भुमिका खेलेपछी उक्त क्षेत्रका पशुपालक कृषक उत्साहित बनेका हुनु । गाउँपालिकाको वडा नम्बर ३ स्थित बतासेमा दुध संकलन केन्द्र(उद्यम घर)को निर्माण कार्य सम्पन्न गरी शोमवार एक कार्यक्रमकाबिच उद्घाटन तथा प्रविधि हस्तान्तरण गरिएको हो ।

आज विषेश कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले दुध संकलन केन्द्रको उद्घाटन गर्नु भएको हो। उद्यम विकास कार्यक्रमको ३५ लाखको बजेटबाट कृषकहरुलाई तालिम,प्रविधि हस्तान्तरण तथा दुघ संकलन केन्द्रको उद्घाटन गरीएको २ नं.वडाका वडा अध्यक्ष तथा प्रवक्ता राजु लोप्पाले जानकारी दिनु भएको छ ।

आजैबाट दुघ संकलन कार्य सुरु गर्ने गरी स्थापना भएको उक्त केन्द्रबाट तत्काल दैनीक २ सय लिटर दुघ संकलन गरिने लोप्पाले जानकारी दिनु भयो। २ नं.वडाका वडा अध्यक्ष राजु लोप्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो।

गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्याल,प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डितको विशेष आतिथ्यता रहेको थियो भने नेपाली काँग्रेसका नेता नरेन्द्र भट्ट,एकिकृत समाजवादीका नेता भानु दुवाडीको आतिथ्यता रहेको थियो।

यसैगरी गाउँपालिकाको वडा नम्बर १,२ र ३ लाई दुध उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरी किसानहरुको आय आर्जनमा टेवा पुर्याउने उद्धेश्यले दुध संकलन केन्दको स्थापना गरीएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले वताउनु भएको छ । यसअघि गाउँपालिकाको वडा नम्बर १,२ र ३ का ८० जना कृषकहरुलाई सहभागी गराई पशुपालन सम्वन्धी सिकाईमुलक तालिम सन्चालन गरीएको थियो ।

कार्यक्रमकै अवसरमा ८० जना कृषकहरुलाई प्रति किसान एक–एक वटा ५ लिटरको दुघ बोक्ने क्यान समेत हस्तान्तरण गरीएको छ ।साथै ३ वटा दुघको फ्याट नाप्ने मेसिन समेत हस्तान्तरण गरीएको प्रवक्ता लोप्पाले जानकारी दिनु भयो। दुघ संकलन केन्द्रको उद्घाटको पहिलो दिन आज २६ लिटर दुघ संकलन भएको छ ।

आज पहिलो दिन सबैभन्दा बढी दुघ संकलन केन्द्रमा ल्याउने गंगादेवी भट्ट, दुघको फ्याट धैरे आउने किसानीहरु तिलक प्रसाद भट्ट र अन्जना भट्लाई समेत पुरस्कृत गरीएको थियो । गाउँमै दुघ संकलन केन्द्र खोलेपछि त्यस क्षेत्रका नागरिकहरु पशुपालन गर्नमा उत्साहित देखिएका छन् । सम्मुनत कृषि तथा पशुपंक्षि सहकारी संस्थाको साझेदारीमा दुघ संकलन केन्द्र स्थापना गरीएको जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस