आज:  | Sat, 11, May, 2024

पूर्व प्रधानमन्त्री एव्ं नेपाली काँग्रेसका सभापति शेर व. देउवा आज धादिङबेसी आउदै

३१ श्रावण २०८०, बुधबार ०७:५१ मा प्रकाशित ( ८ महिना अघि) ९३२ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

काठमाडौं,३१ साउन ।

पूर्व  प्रधानमन्त्री एव्ं नेपाली काँग्रेसका सभापति शेर व. देउवा आज धादिङबेसी आउदै हुनुहुन्छ । नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एव्ं नेपाल नगरपालिका महाँसंघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाका पिता सोमनाथ ढुङ्गानाको स्वार्गारोहण भएको आज १३ औं पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गर्न उहाँ धादिङबेसी आउन लाग्नु भएको हो ।

आज वुधबार दिनको १ बजे नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित मनकामना टोलमा हुने श्रद्धाञ्जली सभालाई काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री देउवाले सम्बोधन गर्नु हुने कार्यक्रम तय भएको छ । साथै नेपाली काँग्रेस धादिङ जिल्ला कार्यसमितिले पनि आजै हुने श्रद्धाञ्जली सभामा सहभागी हुने कार्यक्रम रहेको छ ।

उक्त श्रदान्जली सभामा नेपाली काँग्रेस धादिङका केन्द्रिय सदस्यहरु,प्रदेशसदस्यहरु,महासमिति सदस्यहरु,निर्वाचित जनप्रतिनिधिहरुलाई समेत सहभागि हुनको लागि आह्वान गरिएको छ । नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाको पिता सोमनाथ ढुंगानाको यहि साउन १९ गते १०७ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस