आज:  | Sat, 27, Jul, 2024

धादिङको बेनिघाट रोराङ ९ हुग्दीखोला नजिकै बस दुर्घटना हुँदा २६ घाइते, पाँचको अवस्था गम्भीर

२ भाद्र २०८०, शनिबार १६:१९ मा प्रकाशित ( ११ महिना अघि) ४४८ पाठक संख्या
नारी बाटिका


धादिङ,२ भदौ ।

धादिङको बेनिघाट रोराङ ९ हुग्दीखोला नजिकै बस दुर्घटना हुँदा २६ घाइते, पाँचको अवस्था गम्भीर छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिकै आज यात्रुवाहक बस दुर्घटना हुंदा २६ यात्रु घाइते भएका छन् ।

तुलसीपुर दाङबाट काठमाडौँ तर्फ जादै गरेको बाग्मती प्रदेश ०३(००१ ख २६७५ नम्बरको बस आज बिहान समयमा अनियन्त्रित भई सडकको दाहिने किनारा तर्फ पल्टिएको हो ।
बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनु भयो ।

अन्य घाइतेहरुको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

घाईतेहरुको विवरण

टिचिङ अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरुः–

१०जि.सल्यान सबेश्वरी गा.पा.३ बस्ने बर्ष २४ को राजेन्द्र पुन,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर।

२०ऐ.ऐ.बस्ने निजको छोरा बर्ष ६ को आशिष के।सि।,टाउकोरअनुहाररबाया खुट्टामा चोट,अबस्था गम्भिर।

३० ऐ.ऐ.बस्ने निजको श्रीमती बर्ष ३२ कि रेखा के.सि.,टाउको र अबुहाररहातमा चोट,अबस्था मध्यम ।

४० जि.काभ्रे धुलिखेल न.पा.१० बस्ने बर्ष ५९ को नारायण धिमाल,टाउकोमा र कम्मरमा चोट,अबस्था मध्यम ।

५० ऐ.ऐ.बस्ने बर्ष ५० कि रेखा वली धिमाल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।

६० जि।दाङ बबैई गा।पा।५ बस्ने बर्ष २३ को प्रदिप श्रीस,दाहिने हात र कुम्मा चोट,अबस्था मध्यम ।

७, ऐ.ऐ.बस्ने निजको श्रीमती बर्ष २२ कि मञ्जु श्रीस,निधारमा चोट,अबस्था मध्यम ।

८,जि।दाङ तुल्सिपुर न.प।.७ बस्ने बर्ष ३३ को बिजय के.सि,टाउको र दाहिने हातमा चोट,अबस्था मध्यम।

९० जि.रुकुम (पुर्बी) सिस्ने गा.पा.८ बस्ने बर्ष ३१ को योगेश बुढा,हातरखुट्टामा चोट,अबस्था मध्यम ।

राजमार्ग अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरुः

१०० जि.सल्यान बाघचौर न.पा.१० बस्ने बर्ष ५० को मान बहादुर खड्का,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर ।

११० जि.रुकुम )पश्चिम) चौरजारी न.पा.१४ बस्ने बर्ष २८ को प्रेम पुन,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर ।

१२० जि.दाङ दागीशरण न.पा.१ बस्ने बर्ष ८५ को शिबलाल बि.क.शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर ।

१३० ऐ.ऐ.बस्ने बर्ष २८ को खडक बि।क,दाहिने हातरखुट्टामा चोट,अबस्था मध्यम ।

१४० जि.सल्याण बाघचौर न.पा.९ बस्ने बर्ष ४८ को धन बहादुर वली,शरीरको बिभिन्न भागमा चोट,अबस्था मध्यम ।

१५,जि.रुकुम )पश्चिम) चौरजारी न.पा.१० बस्ने बर्ष ३२ को प्रबिण वली,शरीरको बिभिन्न भागमा डचोट,अबस्था मध्यम ।

१६० ऐ.ऐ.१३ बस्ने बर्ष २८ को सचिन बिष्ट,टाउकोरहातरखुट्टामा चोट,अबस्था मध्यम ।

१७० जि.दाङ भालुबाङ गा.पा.१ बस्ने बर्ष ३८ कि सलमा खातुन,टाउकोरहातमा चोट,अबस्था मध्यम ।

१८० ऐ.ऐ.बस्ने बर्ष ३८ को मोहमद हुसेन,ढाडमा चोट,अबस्था मध्यम ।

१९० जि.दाङ तुल्सिपुर उ.म.न.पा.५ बस्ने बर्ष ३० को मनोज खड्का, खुट्टारहातरटाउकोमा चोट,अबस्था मध्यम ।

२०,जि.रुकुम )पश्चिम) चौरजारी न.पा.१४ बस्ने बर्ष ३० को बिरेन्द्र के.सि.टाउको र दुबै हातमा चोट,अबस्था मध्यम ।

घटना स्थलबाट उपचारार्थ काठमाण्डौ पठाईएका घाईतेहरुः(

२१०जि.दाङ तुल्सिपुर उ.म.न.पा.४ बस्ने बर्ष २६ को बिमल चौधरी,ढाडरअनुहार र टाउकोमा चोट,अबस्था मध्यम ।

२२० ऐ.लमही न.पा.५ बस्ने बर्ष ३० को गोपाल मल्ल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।

२३. ऐ.ऐ.बस्ने बर्ष ४६ कि बुद्धि माला के।सि।,ढाडमा चोट,अबस्था मध्यम ।

२४० ऐ.ऐ.बस्ने बर्ष ५४ को खुम प्रसाद खत्री,मुख र ढाडमा चोट,अबस्था मध्यम ।

२५० ऐ.ऐ.घोराही न.पा.१३ बस्ने बर्ष ४३ कि पद्मा गिरी,टाउको र हातमा चोट,अबस्था मध्यम ।

२६० जि.रुकुम )पश्चिम) चौरजारी न.पा.१० बस्ने बर्ष ३० को यज्ञ बहादुर वली,टाउको र हातमा चोट,अबस्था मध्यम ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस