
नारी बाटिका
धादिङ,०६ भदौ ।
धादिङको गजुरी–२ छहरा भन्ने स्थानमा रात्री बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु १५ जना घाइते भएका छन् ।
काठमाडौँ बाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसे स्थित छहराबाट त्रिशूली नदीमा केही बेर अघि खसेको हो ।
काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट खस्दा प्रारम्भिक जानकारी अनुसार ८ जनाको मृत्यु भएको छ । ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका प्रारम्भिक जानकारी अनुसार १५ जना भन्दा बढी घाइते भएका छन् । १५ जना घाइतेको उद्धार गरिएको छ। बाँकी घाईतेहरुको उद्धार कार्य जारी छ।








प्रतिक्रिया दिनुहोस