आज:  | Sat, 11, May, 2024

सार्वजनिक कार्यक्रमहरुमा खादाको प्रयोगमा नियन्त्रण गरी स्थानिय उत्पादनलाई प्रवर्धन गर्न जोड

८ भाद्र २०८०, शुक्रबार ०७:५५ मा प्रकाशित ( ८ महिना अघि) ४५० पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

धादिङ,०८ भदौ ।

स्थानिय उत्पादनलाई प्रवर्धन गर्न जोड दिदै सरोकारवाला सवैलाई खादाको प्रयोग नगर्न धादिङमा चर्चा चलिरहेको छ । सार्वजनिक कार्यक्रमहरुमा खादाको प्रयोग अत्याधिक हुने गरेको छ । साथै यस फजुल खर्चलाई नियन्त्रण गर्नु पर्नेमा सवस्त्र चर्चा चलिरहेको बेला खादाको प्रयोगमा कमी गर्दै आर्थिक मितवेता अपनाउन जिल्ला प्रशासन कार्यलय समेत आग्रह गरेको छ ।

सार्वजनिक कार्यक्रमहरुमा खादाको प्रयोगमा नियन्त्रण गरी स्थानिय उत्पादनलाई प्रवर्धन गरिदै धादिङबेशीबाट सुरु गर्न विहिबार जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना जारी गर्दै सवै सरकारी कार्यालय तथा जिल्ला स्थित स्थानिय तहहरुलाई पत्र लेखेर नै सार्वजनिक सभा, समारोहमा खादाको प्रयोग हटाई सोको सट्टा स्थानीयस्तरमा उत्पादित वस्तुको प्रयोग गर्न आग्रह गरेको हो ।

पत्रमा भनिएको छ । मुलकमा पछिल्लो समय राज्यकोष माथिको व्ययभार थपिदै गएको र सार्वजनिक खर्च व्यवस्थापनमा समस्या सृजना भएकोले सरकारी निकायहरुवाट हुने विभिन्न सभा, समारोह तथा अन्य कार्यक्रमहरुमा आयातित खादाको अत्याधिक प्रयोग हुने गरेकोले अनावश्यक खर्च कटौती गरी स्थानीय वस्तु तथा उत्पादनको प्रोत्साहनका लागी सरोकारवाला सवैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ ग्रैह्रेले बताउनु भयो ।

उहाँले आगामी दिनमा सार्वजनिक सभा, समारोह तथा कार्यक्रमहरुमा खादाको प्रयोग हटाई सोको सट्टा स्थानीयस्तरमा उत्पादित वस्तुको प्रयोग गरी स्थानीय वस्तुको उत्पादन, प्रवर्धन, विविधीकरण र वजारीकरणका साथै वातावरणीय प्रदुषण न्यूनीकरण कार्यमा समेत सहयोग पु¥याई दिनुहुन समेत सवै पक्षलाई आग्रह गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी गैरेको यो पहल कदमीलाई केही खादा ब्यापारीहरुले गुनासो गरेका भएता पनि धेरै नागरिक तथा सम्वन्धित सरोकारवालाहरुले स्वागतयोग्य र स्थानीय वस्तुको उत्पादन, र प्रवर्धनलाई निकै महत्व पुर्‍याउने भएकोले धन्यवाद समेत दिएका छन् ।

हुनपनि जुनसुकै कार्यक्रममा पनि स्वागत गर्दा १ नं.मा खादा नै अघिसार्ने गरिन्छ । अतिथी लगायतले ५।१० मिनेट प्रयोग गरिसकेपछि त्यस खादालाई जम्मा गरी फोहोरमै लगेर फालिने हो । न त त्थो जाडोमा आड्न नै मिल्ने ? नत त्यसलाई कुनै कार्यमा पुन ः प्रयोग गर्न नै मिल्ले ? केवल एकछिनको लागी कम्तिमा पनि १ सयदेखी डेड सयसम्म प्रति गोटा मुल्य तिरेर खरिद गरेर एकछिन प्रयोग पछि फाल्नु पर्ने सामानलाई अनावश्यक खर्च गर्नु भन्दा बरु खादा गरिद खरिद गर्ने पैसाले खाजा लगायत अन्य खर्च ब्यवस्थापन गर्न सकिने धेरैको राय रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस