आज:  | Sat, 18, May, 2024

चितवनका रचन श्रेष्ठ धादिङमा मृत फेला, कर्तव्य ज्यानका दुई फरार प्रतिवादी पक्राउ

९ भाद्र २०८०, शनिबार १६:३२ मा प्रकाशित ( ८ महिना अघि) ११२१ पाठक संख्या
नारी बाटिका


धादिङ,०९ भदौ ।

चितवनका रचन श्रेष्ठ धादिङमा मृत फेला परेका छन् । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पुर्ब) देबचुली नगरपालिका वडा नं. १५ घर भई हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं३ बाह्रघरे बस्ने बर्ष २० का रचन श्रेष्ठको हत्या गरी फालिएको अबस्थामा उनका सव धादिङमा फेला परेको हो ।

चितवनका रचन श्रेष्ठ गएको साउन ३१ गते देखि धादिङको ताल्ती क्षेत्रमा हराई रहेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानिय बासीले खोजतलाश गर्ने क्रममा भदौ ७ विहिबार दिउँसो धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ गोगनघारी खोला स्थित गोगन घारी छाँगोको फेदमा सडेको अवस्थामा फेला परेका थिए ।

एक युवकको हत्या गरी फरार रहेको अभियोगमा धादिङ प्रहरीले चितवन र सिराहा जिल्लाका दुई जना युवा लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.४ बस्ने बर्ष २५ को लादेन भनिने बिनय गौतम र सिराहा धनगढिमाई नगरपालिका वडा नं. १ बस्ने बर्ष २१ को बब भनिने योगेन्द्र साह रहेका छन् । कर्तव्य ज्यानका दुई फरार प्रतिवादी पक्राउ परेका हुन् ।

हराईरहेका श्रेष्ठका बुबा तिलक कुमार श्रेष्ठले गौतम र साह बिरुद्ध कर्तव्य गरी ज्यान मारेको अभियोगमा इलाका प्रहरी कार्यालय गजुरीमा किटानी जाहेरी दिएका थिए । जाहेरी सूचनामा उल्लेख अनुसारका युवक मृत अवस्थामा भेटिएपछि प्रहरीले शब परीक्षणको लागि त्रि।बि शिक्षण अस्पताल महाराजगंज पठाएको थियो ।

मृतकका बुबा तिलकले दिएको जाहेरीका आधारमा प्रहरीले लादेन भनिने बिनय गौतमलाई मिति भदौ ७ गते धादिङको गजुरी गाँउपालिका वडा नं. २ मझुवा डाडाबाट पक्राउ गरेको थियो । त्यसै गरी बब भनिने योगेन्द्र साहलाई पनि भदौ ७ गते सिराहा धनगढिमाई नगरपालिका वडा नं.१ स्थित निजको घरैबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको थियो ।

भिडियो खिच्ने प्रयोजनका लागि भनेर तीन जना युवकहरु धादिङको ताल्ती क्षेत्रमा पुगेको भन्ने जानकारी आएपनि यस बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत धादिङबाट नौ दिनको म्याद लिई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङको प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस