
नारी बाटिका
बिबियु- नारी बाटिका संवाददाता
काठमाडौं -२६ वैशाख ।
न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको बैठकले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछी वरियताको हिसावले प्रश्न उठाउँदै डा.शर्मा विरुद्ध दिएको रिटलाई दर्ता गर्न सर्वोच्च अदालत अस्वीकार गरेको हो ।
सर्वोच्च अदालत प्रशासनले वरीयता मिचेको दावीसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा.प्रेमराज सिलवालले पेस भएको रिट दर्ता गर्न सुक्रबार अस्वीकार गरेको हो ।
संवैधानिक परिषद्को बिहिबारको निर्णयले डा. शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो। उक्त निर्णय प्रथम दृष्टिमै गलत रहेको भन्दै रिट पेश भएको थियो। उक्त रिट दरपीठ (दर्ता गर्न अस्वीकार) भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताएका छन्।








प्रतिक्रिया दिनुहोस