आज: २०८३ बैशाख २५, शुक्रबार | Fri, 08, May, 2026

नेकपा एमालेलाई ‘च्यासल’स्थित पार्टी भवन नै छोड्नु पर्ने अवस्था

२०८३ बैशाख २५, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
काठमाडौं २५ वैशाख ।

ललितपुरको च्यासलस्थितमा रहेको नेकपा (एमाले)को केन्द्रीय कार्यालय रहेको जग्गा खाली गर्नु अवस्था देखिएको छ।

सरकारले भोगाधिकार पाएका तर सरकारसंग लिज (भाडा) तिर्न सम्झौतामा नभएका सरकारी जग्गा तथा भवन खाली गर्न सूचना जारी भएपछि एमाले पार्टी केन्द्रीय कार्यालय रहेको भवन खाली गर्नु पर्ने एमाले पार्टी केन्द्रीय कमिटीलाई दवाब बढेको हो ।

भुमि व्यवस्था तथा गरिबी निबारण मन्त्रालयकोपछिल्लो सूचना अनुसार कानुनतः लिज प्रक्रियामा नगएका सरकारी जग्गामा बनेका संरचनाहरू खाली गर्न भनिएको छ। त्यस बारे हालसम्म आधिकारिक पत्र नआए पनि सरकारको सार्वजनिक सूचना अनुसार केन्द्रीय पार्टी कार्यालय खाली गर्नु पर्ने अवस्था देखिएकाले नयाँ एमालेले नयाँ ठाउँको खोजी कार्य सुरु भइसकेको स्रोतले जनाएको छ।

तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यका अनुसार उक्त जग्गा मन्त्रिपरिषद्को निर्णय अनुसार नै प्रयोग भइरहेको हो । ५० वर्षका लागि लिजमा लिन खोज्दा सरकारले प्रक्रिया अघि नबढाएको र भवन निर्माणमा समेत सरकारको सहयोग रहेको छ। पूर्वमन्त्रीसमेत रहेका शाक्यले अन्य प्रतिष्ठानहरूले पनि यस्तै समस्या झेलिरहेको बताउँदै कानुनको पालना गर्ने बताएका छन् ।

एमालेलाई अहिले च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवन खाली गर्नुपर्ने भएपछि नयाँ कार्यालय खोज्नुपर्ने अर्को बाध्यता रहेको छ।

कार्यालय भवन निर्माणका लागी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान गरी एक अर्बको लागतमा भवन समेत बनाइदिने घोषणा गरेका थिए। सोही जग्गामा २०८१ सालमा तामझामका साथ पार्टी भवनको शिलान्यास गरिएको थियो ।

तर, पछिल्लो बदलिँदो राजनीतिक र सामाजिक परिस्थितिले उक्त योजनामा पूर्णविराम लगाएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस