
नारी बाटिका
काठमाडौं,११ भदौ ।
जिल्ला धादिङ झार्लाङकी सानुमाया तामाङ १७ बर्ष पछि जेलबाट रिहा भएकी छन् । १७ वर्ष पछी शुक्रवार चिनियाँ जहाज बाट नेपाल आईपुगेकी सानुमाया तामाङ चिनियाँ जेलमा १७ वर्षको जेल जिवन बिताएकी छन् । उनी सुक्रबार नेपाल आईपुगेकी हुन् । लागु औषध तस्करहरुको चंगुलमा फसेर २ सय २ महिना चिनियाँ जेलमा थुनिएकी थिइन ।
बैदेशिक रोजगारीको लागी मलेशिया पुगेका श्रीमानको उतै मृत्यु भएपछि घरपरिवार धान्न नसकी २०६३ साल कात्तिकमा सानुमाया पनि
वैदेशिक रोजगारीमा गएकी थिइन ।
लागु औषधको कारोवार गर्दै आईरहेका अपराधीहरुले सिधा स्वभावकी साुनुमाया तामाङलाई षडयन्त्रमा पारेर वैदेशिक रोजगारीका लागि नेपाल छाडेको भोली पल्टै चिनियाँ जेलमा पुर्याएका थिए । तस्करहरुले उनलाई लागु औषधको क्याप्सुल खुवाएर पठाएका कारण चिनको छेन्दु विमान स्थलमा उनी पक्राउ परेकी थिईन ।
२०६३ कात्तिक ९ गते बिहीवार छेन्दुु विमान स्थलमा पक्राउ परेकी सानुमायालाई त्यहाँको प्रहरीले लगाएको मुद्धाका आधारमा अदालतले आजिवन कारावास सजायँ सुनाएर जेलमा राखेको थियो । नेपालबाट गएपछि ६ हजार १ सय ४८ दिन अर्थात २०२ महिना जेलमा बसेकी सानु मायालाई २०८० भदौ ७ गते चिनको जेलबाट रिहा गरिएको हो ।
आजिवन कारावासको सजायँ पाएकी सानुमाया असल चाल चलनका कारण जेलबाट रिहा भएपछि छेन्दु स्थित नेपाली महावाणिज्य दुतावासको सहयोगमा भदौ ८ गते उनी नेपाल आई पुगेकी हुन् । नेपाल फर्किएकी सानुमायाको एयरपोर्टमै परिवार संग पुर्न मिलन भएको थियो ।
विदेश जानु अघि उनले पाटनको अनाथा श्रममा छाडेकी छोरीलाई जर्मनको एक चिकित्सक परिवारले धर्मपुत्रीका रुपमा स्विकार गरेर लगेको छ । जर्मन पुगेकी छोरीले एक–दुईपटक सानुमायासँग टेलिफोनमा कुरा गरेको भएपनि अहिले सम्पर्क हुन छाडेको सानुमायाले वताईन । छोरा बिक्रम बिहे गरेर काठमाण्डौंमै बस्दै आईरहेका छन् ।
आमाको अनुहार राम्रो संग नठम्याउने हुंदै विछोड भएका बिक्रमले शुक्रवार एयरपोर्टमा आमालाई भेट्दा निकै रोएका थिए । बिक्रम मात्रै होइन उनकी आमा र बिक्रमकी श्रीमती पनि रोएका थिए ।चार बर्षको उमेरमा आमा बाट छुटेका बिक्रमले पहिलो पटक आमा देख्दा चिन्न सकेनन् । अहिले उनी २१ बर्षका भए ।
घर परिवार र आफन्तले लगभग माया मारिसकेकी सानुमाया १७ बर्षपछि सकुशल नेपाल फर्किएकोमा अहिले उनका आफन्तहरु निकै खुसी भएका छन् । सानुमायाले भोग्नु परेको समस्याको जड अन्त्य गर्न नसक्ने हो भने धेरै सिधासाधा नेपाली नारी तथा युवाहरु विदेशको जेलमा सड्न ेक्रम चलिनै रहनेछ । अपराधी समूहको गलत प्रयोगका कारण अहिले पनि धादिङको उत्तरी भेगका सयौं व्यक्ति चिन, मलेसिया, थाईल्याण्ड, सिंगापुर लगायतका देशमा जेल जिवन विताई रहेका छन् ।
तस्वीर स्रोत : गणेश हिमाल प्रेस








प्रतिक्रिया दिनुहोस