आज:  | Sat, 18, May, 2024

आज धादिङको गजुरी–५ घाटबेसीमा बस दुर्घटना हुदा ९ जना घाईते : बिवरण सहित

१४ भाद्र २०८०, बिहीबार १७:०५ मा प्रकाशित ( ८ महिना अघि) ५८१ पाठक संख्या
नारी बाटिका


तस्वीर  स्रोत  : बिक्रम अधिकारी

धादिङ १४ भदौ

आज धादिङको पृथ्वी राजमार्ग अन्र्तगत गजुरी गाउँपालिका वडा नं।५ स्थित घाटबेसीमा बस दुर्घटना भएको छ । विहिबार चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ८ ख ८६९६ नं को बस अनियन्त्रित भई बिहान १०ः२० बजेको समयमा भित्तामा ठोक्किदा ९ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

दुर्घघटनामा परी घाईते भएकाहरुलाई उपचारको लागी गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाईएको प्रहरीले जनाएको छ । बसमा २९ जना यात्रु सवार थिए । बस र चालकलाई नियन्त्रणमा लिईएको र सडकमा कुनै अबरोध नभएको धादिङ प्रहरीले जनाएको छ ।

घाईते भएकाहरुलाई तत्काल उपचारको लागी गजुरी प्राथामिक स्वास्थ्य केन्द्र तर्फ पठाईएको, छ । उक्त स्थनामा प्र.नाको कमाण्डमा टोली खटी गएको, बस र चालक नियन्त्रणमा लिई बाटो अबरोध नभएको ,उक्त स्थान ई.प्र.का.गजुरी बाट अं.३ कि.मि पूर्व पर्ने बि.बि पछि ।

घाईतेहरूको बिवरण सहित

गजुरी प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारत घाईतेहरु
१.जिल्ला बर्दिया बिरुवा गा.पा ४ बस्ने बर्ष ७२ को परमानन्द न्यौपाने भित्री चोट अबस्था मध्यम,सामान्य उपचार पश्चात काठमाण्डौ रिफर ।
२.ऐ. मधुवन न.पा ३ बस्ने बर्ष अं ३५ को कमल चौधारी मुखमा चोट अबस्था सामान्य ।
३.ऐ.बटियाटार न.पा ६ बस्ने बर्ष अं ३३ की रीता थारु निधार र गालामा चोट अबस्था मध्यम ।
४.जिल्ला बर्दिया बस्ने बर्ष अं १७ को अरुण थारु दाँया हात र निधारमा चोट सामान्य ।
५.ऐ. राधापुर न.पा ४ बस्ने बर्ष १७ को बुद्दिराम थारु बाँया आँखा र बाँया खुट्टामा चोट सामान्य ।
गजुरी अस्पताल प्रा.लि.मा उपचारत घाईतेहरू(
६.ऐ.गेरुवा गा.पा १ बस्ने बर्ष अं ३४ को महेन्द्र कुमार बैद्य मुखमा चोट सामन्य ।
७.ऐ.ऐ.बस्ने बर्ष अं ४० की नन्दकला कठायत हात कुट्टामा चोट सामान्य ।
८.ऐ.मधुवन न.पा ३ बस्ने बर्ष अं ४८ को गोबिन्द थारु दाहिने खुट्टामा चोट ,अबस्था सामन्य ।
९.ऐ.गेरुवा न।पा ३ बस्ने बर्ष १८ को भुवन कठायत बाँया खुट्टामा चोट सामान्य ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%१%

प्रतिक्रिया दिनुहोस