आज:  | Thu, 02, May, 2024

तिजैको मुखमा महिलाहरु एकआपसमा सामान्य खाजामा खुशी साटासाटमा हुने जमघटमा टडकभडक भनी अंकुश लगाउन नमिल्ला की ?

१६ भाद्र २०८०, शनिबार २०:०८ मा प्रकाशित ( ८ महिना अघि) १२७२ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका संवाददाता

धादिङ,१६ भदौ ।

बिहीबार जिल्ला प्रशासन कार्यलय धादिङले एक सूचना जारी गर्दै तीजलाई तडकभडक नमनाउन निर्र्देशन गरेको छ । आउँदै गरेको तीजमा तडक भडक सहितका अत्यन्त खर्चिला कार्यक्रम र उछृङ्गल गतिविधि नगर्न अनुरोध गरेको हो ।

हरितालिका तीज लगायतका चाड पर्व मनाउने नाममा विगत केही वर्षयता विभिन्न प्रकारका उछृङ्गल गतिविधिले सभ्य संस्कृति ओझेलमा परि समाजमा विकृति, उछृङ्गलता र सामाजिक अपराधमा बृद्धि हुँदै गइरहेकाले आफ्नो धर्म, संस्कृति, परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरता दिन, संरक्षण र सम्वद्र्ध गर्न, मितव्यायी एवं सभ्य तरिकाले चाडपर्व मनाउन सम्पुर्ण जिल्लावासीहरुलाई अनुरोध छ,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्धारा जारी सूचनामा भनिएको छ।

साथै चाडपर्वको नाममा प्रचलित कानुनले निषेध गरेका गतिविधिहरु नर्गन, कुनै प्रकारमा ठगी, महङ्गी, कृत्रिम अभाव, कालोबजारी नगर्न र जिल्ला प्रशासन कार्यालयको पुर्व स्वीकृति विना सार्वजनिक स्थलहरुमा मेला, महोत्सव लगायतका कार्यक्रमहरु संचालन नगर्न÷नगराउन पनि प्रशासनले अनुरोध गरेको छ ।

चाडपर्वलाई सभ्य तथा मर्यादित बनाउने तथा सामाजिक विकृति, विसङ्गति, र अपराध नियन्त्रण गरी सामाजिक अनुशासन एंव सदियौँ  देखिको सामाजिक सद्भाव कायम गर्ने कार्यमा जिल्लाका राजनैतिक दल, नागरिक समाज, उद्योग व्यवसायी, पेशागत संघसंस्था,संचारकर्मी, महिला सन्जाल÷समुह तथा सम्पुर्ण जिल्ला  वासीहरुबाट सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ ।

यदि कसैले सूचना तथा प्रचलित कानुनको बर्खिलाप हुने गरी कुनै प्रकारका गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ।

गजब छ यहाँ ? सरकारका समेन्त्रले गर्ने मनपरी खर्चमा कसैको ध्यान जाँदैन तर वर्ष दिनको चाडमा महिलाको जमघटमा अंकुश ?

सरकारका समेन्त्रले गर्ने मनपरी खर्चमा कसैको ध्यान जाँदैन । अनि जनताको पसिनाबाट उठाईएको कर,सुल्क आदी रकमको मनपरी खर्च गरेर पालिका देखी संघ सम्मका जनप्रतिनिधीले चिल्लो गाडीमा सरर भ्रमण,बनभोज,पार्टी अनाबश्यक भत्ता,निजी कर्मचारी राखेर खर्च गर्दा कसैको ध्यान जाँदैन यहाँ ? तर वर्ष दिनको नेपाली महिलाहरुको महत्वपुर्ण पर्व तिज मुखमै आइपुग्दा सार्वजनिक रुपमा तिजका गित गाउन र रमाईलो गर्नको लागी पनि जिल्ला प्रशासन कार्यलयबाट अनुपमती लिनु पर्ने भएको छ ।

हो चाडपर्व मनाउने बहानामा २।३ महिना अगाडी देखी होटल,रेष्टुरेन्टमा पार्टी भोज गरेर भडकिदो र बिकृर्तीमुलक चाडपर्वलाई बनाउनु राम्रो होईन र यस्तो गतिविधीलाई नियन्त्रण गरिनु पर्छ । अर्को  कुरा तिज लाग्नु अगाबै केही महिलाहरु गरगहनामा सजिएर  पछिल्लो समयमा  दर खान हिडे  होलान्  । सबै जना दुधले नुहायको छौं भन्ने पनि छैन । १।२ जनाले बिकृर्ती मुलक काम गरे भन्दैमा यहाँ …….? होला केही महिलाहरु अपराधिक क्रियाकलापमा लागेका छन् ।

१।२ जनाले बिकृर्ती मुलक काम गरे भन्दैमा  हाम्रो समाजका ९५ प्रतिशतलाई  दोषी देखाएर खराब र बिकृर्ती फैलाए भनेर आरोप लगाउँदै  उपयुक्त समयमा गरिने उपयुक्त बिषयलाई  बन्देज गराउने काम सही होईन भन्ने लाग्छ । महिलाहरु अझैपनि सामाजिक मुल्यमान्यताको खिल्ली उँडाउने काम गरेका छैनन् भन्ने हामी सबैको बिस्वास छ ।

हो तिज आउनु भन्दा ३ महिना अगाडीदेखी दर खाएर,पार्टी, भोज हिड्नु राम्रो होईन र हुदैन पनि । तर तिजको हप्ता १० दिन अगाडी महिला दिदीबहिनीका बिचमा भेटेर सामान्य खाजा खाएर खुशी साटा साट गर्नुमा बिकृर्ती भयो भन्न नमिल्ला की ?

नेपाली महिलाहरुले दिदीबहिनीका बिचमा खुशी साटासाट गरी मनाईने तिज जस्तो महत्वपुर्ण र रमाईलो गरिने चाडमा अंकुश लगाउन खोजेको समुदायका महिलाले गुनासो गरेका छन् ।

कयौं हाम्रो घर,समाजका पुरुषहरुले रातको दिन जुवा तास खेलेर,रक्सी खाएर अर्काको श्रीमती संग लागेर घरमा आफुनो परिवारलाई कस्तो हिंसा गर्ने गरेका छन् ,  तेतापट्टी कसैको ध्यान जाँदैन ? यदी यस्ता घरेलु हिंसाका घटना बाहिर आईहाल्यो भनेपनि थामथुम गरेर मिलापत्र गराईन्छ र बरु उल्टै घरका श्रमतीको गल्ती देखाएर श्रीमानलाई सफाई दिइन्छ ।

तर सुरक्षाको नाउमा पुरुषहरुले जाँड,रक्सी,गाँजाको नसामा जे जे गरेपनि पहँुच र पावरको भरमा छुट दिने हाम्रो कानुनका विज्ञहरुले चिया पसल देखी सोल्टि होटल सम्मको जुवातासलाई नियन्त्रण गरेर समाजको प्रत्येक घरका महिला तथा अन्यायमा परेका लैंगिक हिंसा नहोस् भन्ने तर्फ लाग्नोस् ।

यसो भन्दैमा महिलाले पनि बिकृर्ती र बिसंगतीमा लागेर छुट पाउनु पर्छ भन्ने होईन । मात्र यो तिजैको मुखमा आएर महिलाहरु एक आपसमा भेटेर दरका नाउमा सामान्य चिया खाजा खाएर हुने जमघटमा टडक भडक भनि अंकुश लगाउन नमिल्ला की भन्ने मात्रै आसय राख्नु हुन्छ, नाम नबताउने सर्तमा धादिङ निलकण्ठ बस्ने २ ।४ जना समुदायका महिलाहरु ।

बरु दशैं तिहार आदी चाड पर्वका नाउमा पुरुषहरुले जुवा र तासमा लागेर बिकृर्ती फैलाउने गरेकाले यता तर्फ पनि कानुनको  कार्यन्वयन गर्ने तर्फ ध्यान दिने की ?

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस