आज: २०८३ अषाढ ३१, बुधबार | Wed, 15, Jul, 2026

आज बागमती लगायत गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना

२०८० भाद्र १७, आईतबार मा प्रकाशित ( २ साल अघि) १२०७३ पटक पढिएको
नारी बाटिका


काठमाडौं, १७ भदौ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती लगायत गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ । आइतवार बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

त्यस्तै महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी भू–भागका एकदुई स्थानमा आइतबार दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

आजको गएराती देखी बागमतीको केही मेघ गर्जीरहेको छ भने दिउँसो मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान लगायत बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस