आज:  | Sat, 04, May, 2024

आज नेपालले कतारसँग आईसीसी महिला टी-ट्वान्टी क्रिकेटको सान्दार रुपमा भिड्दै

१८ भाद्र २०८०, सोमबार ०७:३५ मा प्रकाशित ( ८ महिना अघि) ४१४ पाठक संख्या
नारी बाटिका


काठमाडौं,आ १८ भदौ ।

आज नेपालले कतारसँग महिला क्रिकेटमा खेल्दै छ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज कतारसँग खेल्ने भएको हो। नेपाली समय अनुसार शोमवार विहान सवा ७ बजे मलेसियाको बांगीमा खेल सुरु हुनेछ।

नेपाली महिला टोलिले यस खेलमा जिते नेपालले सेमिफाइनलमा स्थान बनाउबन सक्ने छ। लगातार तेस्रो जित निकालेको नेपालले ६ अंक बनाउन सफल भएको छ । तर कतारका टिमले भने तिनै खेलमा पराजित भईसकेको छ।

कतारले अहिले सम्म अंक जोड्न सकेको छैन्। आइतबार भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको थियो।
पहिलो खेलमा नेपालले मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको हो। साथै अर्को खेलमा नेपालले बुधबार यूएईसँग खेल्ने छ। युएई अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।

नेपालको समूहमा ६ टोली समेत गरी यस खेलमा ११ टोलीको सहभागितामा प्रतियोगिता भईरहेको छ। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्। नेपाल सेमिफाइनलमा पुगेको अबस्थामा समूह बी का हङकङ, थाइल्याण्ड र कुवेतमध्ये एकसँग खेल्ने संभावना रहन्छ।

समूह बी मा ३ खेलबाट ६ अंक प्राप्त गरेको हङकङ शीर्षस्थानमा रहेको छ। थाइल्यान्डको २ खेलबाट ४ अंक जोडेको छ। कुवेतले पनि एक खेल जित्दै २ अंक प्राप्त गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस