
नारी बाटिका
काठमाडौं,२७ भदौ ।
आज बिहान बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक।देई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको दक्षिण,पश्चिम, उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव परिरहेको छ।








प्रतिक्रिया दिनुहोस