आज:  | Sat, 27, Jul, 2024

धादिङमा बजार अनुगमन तिव्र,कालो बजारी गर्ने ब्यपारीलाई ३ हजारदेखी ४० हजार सम्म जरिवाना

२७ भाद्र २०८०, बुधबार २०:०४ मा प्रकाशित ( १0 महिना अघि) ५८८ पाठक संख्या
नारी बाटिका


धादिङ,२७ भाद्र ।

शोमबार देखी तिब्रगतिमा थालिएको बजार अनुगमन कार्य आज धादिङवेसी बजार क्षेत्रमा अनुगमन गरिएको छ । कालो बजारी गर्ने ब्यपारीलाई ३ हजारदेखी ४० हजार सम्म जरिवाना
समेत गरिएको छ । विशेष गरी चाडपर्वको समयमा बजारमा हुने कालोबजारी, म्याद नाघेका र न्यून गुणस्तरका सामान बिक्री वितरण हुने सम्भावनालाई मध्यनजर राखी बजार अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यलय धादिङको सक्रियतामा निलकण्ठ नगरपालिकासंगको सहकार्यमा चाडपर्व नजिकिएसँगै सदरमुकाम धादिङवेसी तथा आसपासका क्षेत्रमा बजार अनुगमनलाई तीव्र पारिएकोे हो । सामान बिक्री वितरणलाई नियन्त्रण गर्न जिल्ला अनुगमन टोलिले धादिङका विभिन्न होटल, खाजा घर तथा खाद्यन्न पसलहरुमा अनुगमन सुरु गरेको हो ।

अनुगमनका क्रममा मंगलबार पृथ्वी राजमार्ग अन्तर्गत गजुरी, गल्छी, थाक्रे गाउँपालिका र धुनिबेशी नगरपालिकामा सञ्चालित होटल, खाजाघर ,खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको निलकण्ठ नगरपालिका धादिङले जनाएको छ।

नगरपालिका,घरेलु कार्यालय,जिल्ला प्रशासन कार्यको सहकार्यमा संनचालित अनुगमन गरिने काम केही दिनदेखी संन्चालन भैरहेको छ । मंगलबार ८ वटा फर्मको अनुगमन गर्दा ३ वटा फर्मलाई ४० हजार जरिवाना गरिएको र करिब १९ हजार बराबरको म्याद नाघेका, सडेगलेका सामाग्रीहरु जफत गरी नष्ट गरिएको छ ।

यस्तै जिल्ला बजार अनुगमन टोलीले गल्छी गाउँपालिका–७ गल्छी बजारमा रहेको घिमिरे बाजेको किराना पसललाई ५ हजार, थाक्रे गाउँपालिका–२ कोईराले डाँडामा रहेको न्यु काष्ठमण्डप होटललाई ३० हजार, धुनिबेशी नगरपालिकाको चालिसे स्टाफ होटललाई ५ हजार जरिवाना तिराइएको घरेलु कार्यालयले जनाएको छ ।

जरिवाना गरिएको फर्ममा म्याद नाघेको सामान बिक्रिको लागि राखेको, मुल्य सुची स्पष्ट नभएको, बढी मुल्यमा सामान बिक्रि गरेको, यसअघिको निर्देशन पालना नगरेको तथा कागजपत्र नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनु भयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलुु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट र राष्ट्रिय उपभोक्ता मन्च लगायतकोे सहभागिता रहेको थियो।

धादिङमा सोमबार देखि जिल्ला बजार अनुगमन टोलीले सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वमा बजार अनुगमन सुरु गरेको थियो । साथै अनुगमनकै क्रममा बेनीघाट रोराङ गाउँपालिका स्थित १२ वटा पसल तथा फर्महरूमा अनुगमन गर्दा ३ वटालाई जरिवाना गरिएको छ ।

उक्त फर्महरुलाई १५ हजार जरिवाना तिराइएको र १५ हजार ३ सय रुपैयाँ बराबरको म्याद नाघेका र सडेगलेका सामाग्रीहरू जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस