आज:  | Mon, 06, May, 2024

हिंन्दु नारीहरुका महान् तीज पर्व आजबाट सुरु भोली बस्ने व्रत तयारीका लागी आजैको राती दर खाइँदै

३१ भाद्र २०८०, आईतवार ०८:०१ मा प्रकाशित ( ७ महिना अघि) ४७८ पाठक संख्या
नारी बाटिका


काठमाडौं,३१ भदौ ।

हिंन्दु नारीहरुका महान् तीज पर्व आजबाट सुरु भोली बस्ने व्रत तयारीका लागी प्रत्येक घरघरमा आजै बेलुकी र राती गरी २ पटक दर खाइँदै छ । सनातन धर्मावलम्बी महिलाहरुले शोमबार निस्लाम रुपमा पानी पनि नपिई बसिने तीज व्रतको लागी आइतबार तागतिलो परिकार युक्त दर खाने तयारीमा गर्दै छन् ।

हरेक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन विशेष गरी हिन्दु धर्मावलम्बीहरुले निर्जल र निराहार उपवास बस्नु पर्ने भएकाले अघिल्लो दिन धेरै थरीका परिकारहरु तयार गरी दर खाने चलन रही आएको छ । आज खाईने दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा लिईने गरिन्छ ।

तिजका दर खानका लागि माइतीले १ । २ दिन अगाडी नै आफ्ना चेलीहरुलाई लिन जाने र नजिक भए टेलिफोन बाट पनि निम्ता दिएर बोलाउने चलन छ । विशेष गरी दिदीबहिनी जम्मा भई राति सम्म तिजका भाकामा आफ्ना मनभित्रका पिडाहरु गितको माध्यमबाट गायर,नाचेर रमाइलो गर्ने र सम्भव भएसम्मका खानेकुरा खाने गर्छन्। श्रीमान्का घर अर्थात (कर्मघर)मै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन् ।

दर खाएको भोलिपल्ट कडा रुपमा मानिने तिजका व्रत बस्नु पर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानु पर्छ भन्ने मान्यता छ। विशेषगरी दूधबाट बनेका खिर, ढकने, गुँदपाक र मिठाइ जस्ता परिकार बनायर खाइन्छ ।

दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता रही आएको छ । यस्तै आज राती खाईने दर दुई भाग रात हुँदैमा खाइसक्नु पर्ने मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउँनु हुन्छ ।

अचेल दरका नाममा महिना दिनअघिदेखि पार्टी प्यालेसमा पार्टी गर्ने चलन बढेको भन्दै संस्कृतिका अध्येताले चिन्ता व्यक्त गर्ने गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस