आज:  | Mon, 06, May, 2024

धेरै जिल्लाका शिक्षकले जलाउन थाले विद्यालय शिक्षा विधेयकको प्रतिलिपि

३१ भाद्र २०८०, आईतवार १६:५५ मा प्रकाशित ( ७ महिना अघि) ४०६ पाठक संख्या
नारी बाटिका


तस्वीर :  अनलाईन साभार

काठमाडौं,३१ भदौ ।

सरकारले संसद्मा दर्ता गरेको शिक्षा विधेयकको बिरोधमा धेरै जिल्लाका शिक्षकले आपत्ती जनाउदै आका छन् । यो विद्यालय शिक्षा विधेयक प्रतिआक्रोस व्यत्त गर्दै प्रतिलिपी जलाउन थालेका छन् । सरकारले संसद्‌मा दर्ता भएको शिक्षा विधेयक, २०८० को विरोधमा केही दिनअघि धादिङका शिक्षक संघले जलाएका थिए । त्यसैगरी आज फलेवास नगरपालिका–३ शंकरपोखरीमा विधेयकको प्रतिलिपि स्थानिय तहको वडा कार्यालयमा नै जलाइएको छ ।​

संयुक्त आन्दोलन परिचालन समिति गण्डकी प्रदेशका नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेश शिक्षकका पेशागत संगठनका पदाधिकारी र शिक्षकहरूले शंकर पोखरी स्थित वडा कार्यालयको गेट बाहिर वडाध्यक्षका सामु विधेयक जलाएका हुन् ।

विधेयकको विरोधमा नेपाल शिक्षक महासङ्घको केन्द्रीय समितिले आन्दोलन आह्वान गरेपछि जिल्लामा रहेका शिक्षकहरूका पेशागत संगठनले पनि त्यसमा ऐक्यबद्धता जनाउँदै आन्दोलनको तयारी गरेका छन् ।

यसैगरी आगमी बिरोधका कार्यक्रम असोज ३ गतेदेखि सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलनको तयारीमा रहेका शिक्षकहरूले विधेयकको विरोधमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

‘शिक्षा नियमावलीमा शिक्षकहरूको हकहितका लागि व्यवस्था हुने खालका कुरा समावेश हुनु पर्ने थियो। २०७६ र २०७८ सालमा नेपाल सरकार र शिक्षक महासंघबीच ३० बुँदे र ५१ बुँदे सहमति भएको थियो । यसको सुनुवाइ के कति भयो ? , संयुक्त आन्दोलन परिचालन समिति गण्डकी प्रदेशका प्रतिनिधीहरुले बताउदै आएका छन् । ‘विगतका सहमति कार्यान्वयन गर्नु पर्नेमा झनै अहिले आएको विधेयक त शिक्षा क्षेत्रको विरोधमा रहेको देखिन्छ। यो विधेयकले शिक्षकमा वितृष्णा पैदा गरेको छ । शिक्षकमा नकारात्मक मनोबल विकास हुने सम्भावना देखिएको छ।’

दर्ता भएको विधेयक संशोधन गरेर विरोधाभास प्रावधान अन्त्य गर्नकै लागि शिक्षा क्षेत्रका सरोकारवाला एक हुनुको विकल्प नरहेको शिक्षकहरुको भनाइ छ। शिक्षक र राज्य दुवैको ‘लक्ष्य एउटै भएकाले एकले अर्को पक्षलाई कमजोर बनाउन नहुने उनिहरुको भनाई छ । विगतमा भएका सम्झौता कार्यान्वयनका लागि जिल्लाका सबै शिक्षकले दबाब दिनुपर्ने र विधेयक उपयोगी छैन भन्ने सन्देश दिन विधेयक जलाउनु परेको उनिहरुको भनाइ छ।

‘यसैगरी विधेयक शैक्षिक विकासको बाधक रहेको र भावी दिनमा शिक्षा सेवामा प्रवेश गर्नेलाई पनि निरुत्साहित गर्ने भएकाले सम्पूर्ण विद्यार्थी अभिभावक, शिक्षाविद्, राजनीतिकर्मी लगायत सबैमा सहयोगका लागि अनुरोध गरेका समेत गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस