आज: २०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

धादिङ नीलकण्ठ नगरपालिका– १०मा एकजना मानिस मृत अवस्थामा फेला

२०८० आश्विन ३, बुधबार मा प्रकाशित ( २ साल अघि) १२६५७ पटक पढिएको
नारी बाटिका


धादिङ,०३ असोज ।

वुधबार धादिङको नीलकण्ठ नगरपालिका वडा नं– १० मा एकजना मानिस मृत अबस्थामा फेला परेका छन् छन् । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा – १० का ६१ वर्षीय यमबहादुर खनाल भएको प्रहरीले पुष्टी गरेको छ ।

यही असोज २ गतेबाट हराएका खनाल आज मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनु भयो।

प्रहरी जैसवारका अनुसार उनी परिवारका कसैलाई पनि जानकारी नदिई खनाल मंगलबार घरबाट निस्किएका हुन् । उनलाई आफन्तले खोजतलास गर्ने क्रममा बुधबार ज्यामरुङ कालीमाटी खोलामा मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक जैसवारले बताउनु भयो ।

मृतक यमवहादुर खनाल नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङ कालीमाटी स्थित खोलामा मृत अवस्थामा भेटिएको र सो घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%४%

प्रतिक्रिया दिनुहोस