आज:  | Mon, 06, May, 2024

आज एकीकृत समाजवादीको सचिवालयमा बैठक बस्दै

४ आश्विन २०८०, बिहीबार ०८:४२ मा प्रकाशित ( ७ महिना अघि) ५३० पाठक संख्या
नारी बाटिका


काठमाडौं, ४ असोज ।

आज नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठक बस्ने भएको छ । पार्टी कार्यालय आलोकनगरमा बिहान साढे १० बजे बैठक बस्ने तयारी भैईरहेको सचिवालयले जनाएको छ ।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण अभियान बारे छलफल गर्न बैठक बस्न लागिएको पार्टी स्रोतको भनाई रहेको छ। एकीकृत समाजवादीले सार्वजनिक सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार र कमिशनतन्त्र विरूद्धमा जनतामा जागरण अभियान गर्ने भएको छ ।

यसैगरी महिला तथा बालबालिकामाथि हुने उत्पीडन, यौनहिंसा र बेचबिखन, जातीय विभेद, छुवाछुत, दाइजो तथा तिलक, छाउपडी लगायतका विषय,समाजमा रहेका कुप्रथाविरूद्ध समाजवादी जागरण यात्रा आयोजना गर्न लागिएको हो ।

पार्टीले केही दिनअघि जारी गरेको अन्तर पार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूसालले एकलौटी ढंगले पार्टी चलाएको, त्यस्तै पार्टी कमिटी निर्णय भन्दा बाहिर गएर अन्तर पार्टी निर्देशन–११ जारी गरेको भन्दै एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि भइरहेको छ ।

यसका बिरुद्धमा पार्टीका बरिष्ठ नेता झलनाथ खनाल पक्षले आपत्ति जनाई रहेका छन् । आफूनिकट नेता–कार्यकर्तालाई जिम्मेवारीबाट पाखा लगाउने नियत नै देखिएको भन्दै त्यसलाई सच्याई संशोधन गर्नु पर्ने भनेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस