आज:  | Thu, 16, May, 2024

बाटोमा ‘ दुर्लभ वन्यजन्तु सालक फेलापारी वन कार्यालयलाई बुझाईयो

६ आश्विन २०८०, शनिबार ०७:५७ मा प्रकाशित ( ७ महिना अघि) ६४६ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

नारी वाटिका संवाददाता

धादिङ ०६ असोज ।

सुक्रबार धादिङमा राधे भण्डारीले दुर्लभ वन्यजन्त सालक बाटोमा ‘फेलापारी डिभिजन वन कार्यालय धादिङलाई बुझाएका छन् । चाईनिज पेन्गुलिङ प्रजातिको सालक भेटिए पछी संम्रक्षणको लागी वन कार्यलयमा लगी बुझाईएको हो । शुक्रबार नीलकण्ठ नगरपालिका वडा नम्बर ४ खानीगाउँ स्थित भेटिएको युवा व्यवसायी राधाकृष्णा भण्डारीले बताउनु भयो ।‘ उहाँले भन्नु भयो बिहान मर्निङ वाकमा जादैँ थिए सडकको कुनामा बसिरहेको अवस्थमा भेटेँ र यसलाई सुरक्षित स्थानमा राख्नुपर्छ भन्ने उदेस्यले डिभिजन वन कार्यालय धादिङमा बुझाउन ल्याएको हुँ ’’ ।

उक्त दुर्लभ वन्यजन्त सालक २ फिट २ ईन्च लम्बाई,१६ ईन्च मोटाई रहेको सालक २ किलो ३०० ग्रामको कालो वर्ण,भाले प्रजातिको रहेको डिभिजन वन कार्यालय धादिङका प्रमुख अजय विक्रम मानन्धरले बताएका छन् ।

यस सालकलाई सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित नलाङ ठुलो सामूदायिक वन क्षेत्रमा छोडिने निर्णय गरिएको मानन्धरले बताए ।‘ नेपालको संरक्षित स्तानधारी जनवारमा पर्ने सालकले धमिरा,कमिला आदी खाने गर्दछ । त्यसैले यो जनावर किसानको साथी हो’ उहाँले भन्नु साथै भयो ।

साथै सालक समुन्द्री सतह देखि १ हजार मिटरको उचाईमा पाईने गर्दछ । यस वर्ष धादिङका विभिन्न स्थानबाट ३ वटा सालकलाई उद्धार गरि संरक्षित क्षेत्रमा छोडिएको डिभिजन वन कार्यालय धादिङले जनाएको छ ।

यस्ता संरक्षित प्रजातिलाई संरक्षणको लागि बुझाएकोमा धन्यवाद दिदैँ उहाँले कोहि कसैले देखेमा वा फेला परेमा डिभिजन वन कार्यालय धादिङमा खबर गर्न समेत आग्रह गर्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस