आज:  | Mon, 29, Apr, 2024

६८ औं प्रहरी दिवसको अवसरमा मा जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता हुंदै

११ आश्विन २०८०, बिहीबार ०७:४९ मा प्रकाशित ( ७ महिना अघि) २६६ पाठक संख्या
नारी बाटिका


धादिङ,११ असोज ।

नेपाल प्रहरी धादिङको आयोजना तथा ६८ औं प्रहरी दिवसको अवसरमा जिल्ला स्तरी निबन्ध लेखन प्रतियोगिता हुने भएको छ । कार्यक्रमका बारेमा जानकारी गराउन जिल्ला प्रहरी कार्यालय धादिङले वुधबार एक सुचना प्रकाशित गरेको छ ।नेपाल प्रहरीले मनाउन गैइरहेको ६८ औं प्रहरी दिवसको अवसरमा असोज १५ गते कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुबीचमा जिल्ला स्तरी निबन्ध लेखन प्रतियोगिता गर्न लागिएको हो ।

पछिल्लो समयमा नेपाल प्रहरीले प्रहरी मेरो साथी भन्ने मुल नारालाई अघि सार्दै समुदायबिच हातेमालो गरी काम गर्दै आईरहेको छ । यसरी समुदायसंग सहकार्य गर्दै नजिक रहेर काम गर्दा प्रहरी संगठनले समुदायको मन जितेको छ भने समदाले पनि नेपाल प्रहरीको कार्य प्रति विस्वास बढाउन थालेका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा समुदायमा नेपाल प्रहरीको भुमिका विषयकमा हुने प्रतियोगितामा प्रत्येक विद्यालय बाट एक जना विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय धादिङमा पठाउन प्रहरी उपरिक्षक गौतम मिश्रले आग्रह गर्नु भएको छ ।

उक्त निवन्ध प्रतियोगिताको लागि भोली १२ गते भित्र पत्र अथवा फोन मार्फत् नाम दर्ता गराई सक्नुपर्ने छ । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरु मध्ये एक जनाले मात्रै सहभागिता जनाउनु पर्ने र प्रतियोगिताको समय एक सय ८० मिनेटको छुट्याईएको सुचनामा भनिएको छ ।

यस्तै सहभागिहरुलाई प्रतियोगिताको लागि आवश्यक पर्ने सामाग्रीहरु कार्यालय बाटै उपलब्ध गराईने, प्रतियोगिहरुले आफ्नो पहिचान खुल्ने गरी निबन्धमा संकेत वा सन्देश लेख्न नपाईने , अंग्रेजी र नेपाली भाषा मध्ये कुनै एक भाषा प्रयोग गर्न पाईने, निबन्ध लेखन पन्ध्र सय देखि २ हजार सम्मको शब्दमा हुनुपर्ने उपरिक्षक मिश्रले बताउनु भयो ।प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई कार्यालय बाट पुरस्कृति गरिने छ ।

साथै प्रथम प्रतियोगी निबन्धलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालद्धारा आयोजना हुने केन्द्रिय स्तर निबन्ध प्रतियोगितामा मुल्यांकनको लागि बागमति प्रदेश प्रहरी कार्यालय हेटौडा मार्फत सिफारिस गरि सर्वोत्कृष्ट निबन्ध प्रतियोगिलाई केन्द्रिय स्तरबाट दिवसको अवसरमा नगद रु। २५ हजार र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस