आज:  | Fri, 17, May, 2024

एकल महिला समुह(WHR)को२९औ साधारणसभा धादिङबेशीमा,एकल महिलाहरु संगठित भएर लाग्नुपर्ने लिली थापा

१२ आश्विन २०८०, शुक्रबार ०८:२४ मा प्रकाशित ( ७ महिना अघि) ३८७ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती
नारी वाटिका धादिङ समाचारदाता ।

धादिङ,१२ असोज ।

नेपाल एकल महिला समुह केन्द्रिय कार्यसमितीको २९ औ बार्षिक साधारणसभा धादिङबेशीमा सम्पन्न भएको छ । २९ औ वार्षिक साधारण सभाको अवशरमा धादिङ आईपुग्नु भएकी एकल महिला समुहको (WHR) संस्थापक एवं् राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननिय लिली थापाको एकल महिलाहरु अझ संगठित भएर लाग्नु पर्ने जोड रहेको छ । त्यस्तै धादिङ जिल्लामा रहेका एकल महिलाहरुको सवाललाई शसक्त बनाउनकै लागी केन्द्रले २९ औ बार्षिक साधारण सभा धादिङवेशीमा सम्पन्न गर्ने निर्णय गरेको बताउनु भयो ।

एकल महिला समुह धादिङकी अध्यक्ष कल्पना अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय कार्यालयका संस्थापक एवं् राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननिय लिली थापाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि लिली थापाले एकल महिलाहरु अझ संगठित भएर लाग्नु पर्ने बताउनु भएको हो । सरकारले एकल महिला सुरक्षा कोष संचालन कार्यविधि संशोधन हुन नसक्दा थप समस्या भोग्नु परेको उहाँको भनाई छ । उहाँले एकल महिलाहरु अन्याएमा परेको भन्दै एकल महिलाको समस्या समाधानलाई प्राथमिकता दिन सरोकारवालाहरुलाई आग्रह गर्नु भएको छ ।

थापाले एकल महिलाको सवाल सरकारको प्राथमिकतामा नपरेको बताउनु भएको छ । एकल महिलाले पाउदै आएको भक्ताको विषयमा ऐन बनाएर कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ । चुनाव भएको बेला मात्रै एकल महिला खोज्ने प्रविद्धिको अन्त्य हुनुपर्ने भन्दै आरक्षणको ब्यवस्था हुनुपर्ने कुरामा जोड दिनु भएको हो ।

राज्यबाट पाउने सेवासुविधाबाट पनि एकल महिलालाई बञ्चित गराएको भन्दै अर्थमन्त्रालयले हरेक वर्ष महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई रकम उपलब्ध गराउने र मन्त्रालयले कार्यान्वयन नगर्दा आठ करोड रुपैंया प्रयोगमा आउन नसकेको प्रति एकल महिलाहरुको गुनासो रहेको छ।

विहिबार धादिङबेशीमा भएको साधारणसभा ३५ जिल्लाका ६० जना सदस्यहरुको सहभागिता रहेको छ । कार्यक्रममा पुर्व अध्यक्ष चन्द्रिका भट्टराई, निर्मला ढुङ्गना, केन्द्रिय अध्यक्ष कविता पाडे, बागमती प्रदेश सभा सदस्य एवम् धादिङ संस्थापक अध्यक्ष मायादेवी शर्मा लगाएतको आतिथ्यता रहेको थियो । नेपालमा एकल महिलाहरु संख्या लगभग ८ लाख हाराहारीमा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस