आज:  | Wed, 01, May, 2024

स्वास्थ्य कार्यलय धादिङको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

१३ आश्विन २०८०, शनिबार १९:२५ मा प्रकाशित ( ७ महिना अघि) ३१९ पाठक संख्या
नारी बाटिका


धादिङ,१३ असोज ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी शनिबार सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय धादिङद्धारा आयोजित जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सुक्रबार वागमती प्रदेशका स्वास्थ्य मन्त्रि उत्तम जोशीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

सुक्रबारबाट धादिङवेशीमा सुरु भएको समिक्षा कार्यक्रम २ दिनसम्म संचालन भएको थियो । गोष्ठीको बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेका हुन् । सरकारी स्वास्थ्य संस्थाहरुले सेवा गुणस्तरीय र छिटो छरितो बनाउन मन्त्रालय सधै तत्पर रहेको मन्त्रि जोशीले बताउनु भएको छ ।

गोष्ठीमा जिल्लामा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गर्दै आगामी योजनाको बारेमा छलफल भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताएका छन् ।

दुई दिनसम्म चल्ने जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्लाभर स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस