आज:  | Mon, 29, Apr, 2024

३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा प्रहरी कार्यलय धादिङद्धारा जेष्ठ नागरिकका गुनासो सुनुवाई कार्यक्रम

१४ आश्विन २०८०, आईतवार १७:१० मा प्रकाशित ( ७ महिना अघि) ५४२ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

नारी वाटिका संवाददाता

धादिङ, १४ असोज ।

हरेक वर्ष मनाउदै आईरहेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आज समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यलय धादिङले गुनासो सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

यसै दिवसका अवसरमा प्रहरी कार्यलय धादिङद्धारा आयोजित गुनासो सुनुवाई तथा छलफल कार्यक्रम जिल्ला प्रहरी कार्यालयका प्रमुख, एव्ं प्रहरी उपरिक्षक गौतम मिश्रको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगपालिकाका उपप्रमुख दिपक विश्वकर्मामा विशेष आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा नीलकण्ठ नगरपालिका ज्येष्ट नागरिक संघका अध्यक्ष, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरु, लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु र प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ९० जनाको सहभागिता रहेको थियो । ज्येष्ठ नागरिकहरुको गुनासो सुनुवाई तथा ज्येष्ठ नागरिकले पाउने सम्पूर्ण सेवा सुविधाको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरीएको साथै उक्त कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको हो ।

‘अध्यायको सबै पुस्ताका लागि ज्येष्ठ नागरिकका लागि मानव अधिकारबारे विश्वव्यापी घोषणा पत्रको वाचा पूरा गरौँ’ भन्ने नारा सहित विश्वभर यो दिवस मनाईएको छ । दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घ संस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस