आज:  | Mon, 29, Apr, 2024

वर्तमान सरकारले दिदै आएको जनयुद्ध दिवसका नाममा दिईने बिदा खारेजीको माग

१५ आश्विन २०८०, सोमबार १७:३० मा प्रकाशित ( ७ महिना अघि) ३०३ पाठक संख्या
नारी बाटिका


चितवन, १५ असोज ।

मुलुकका प्रधान्मन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को नेतृत्वमा बनेको वर्तमान सरकारले पछिल्लो समयमा दिदै आएको जनयुद्ध दिवसका नाममा दिईने बिदा खारेजी गर्नको लागी जनस्तरबाट माग गरिएको छ । अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सोमबार अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्रह गर्दै आज विभिन्न जिल्लामा ब्यानर सहितको प्रदर्शनका साथ यस्तो माग गरेको हो ।

मानव अधिकार तथा शान्ति समाजले हिंसालाई गौरवान्वित गर्ने सरकारी चेष्टा अहिंसाको दर्शन माथि प्रहार हो भन्दै शान्ति समाजले जनयुद्ध दिवसका नाममा फागुन १ गते बिदा दिने सरकारी निर्णय तत्काल खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

आज बिहान शान्ति समाजका रुपन्देही, महोत्तरी, चितवन, नवलपुर, शाखाले प्रदर्शन गरेका छन् । साथै अछाम शाखाले भने अन्तरक्रिया कार्यक्रम गरेको छ । यस्तै समाजका दर्जन बढी शाखाहरूले आज साँझ प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रमको पनि आयोजना गर्दै छन् ।

आज अक्टोबर २ महात्मा गान्धीको जन्म जयन्ती पनि हो । २००७ को जुन महिनामा संयुक्त राष्ट्र महासभाले अक्टोबर २ लाई अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतना सहित अहिंसाको सन्देश फिँजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको छ ।

भारतमा जन्मिएका जनताका प्रिय महात्मा गान्धीलाई अहिंसात्मक आन्दोलन र सामाजिक परिवर्तनका लागि उत्प्रेरक मानिन्छ । अहिंसालाई केन्द्रविन्दुमा राखेर क्रियाशील शान्ति समाजले सन् २००७ देखिनै अहिंसा दिवसका अवसरमा विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

तस्वीर अनलाईन साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस