आज:  | Fri, 17, May, 2024

बझाङमा आधा घन्टाको बिचमा दुई ठूला भूकम्प, केही घरहरु भत्कीए ८ जना घाइते

१६ आश्विन २०८०, मंगलवार १८:५२ मा प्रकाशित ( ७ महिना अघि) ५४९ पाठक संख्या
नारी बाटिका


काठमाडौं,१६ असोज ।

मंगलबार बझाङमा आधा घन्टाको बिचमा दुई ठूला भूकम्प, गएको छ । केही घरहरु भत्कीएका छन् भने भुकम्पमा परी ८ जना घाइते भएका छन् । आधाघण्टाको बिचमा गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचार गराउन जिल्ला अस्पताल लगिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज अपराह्न ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युटको भूकम्प गएको हो । त्यस अघि २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का महसुस भएसँगै स्थानीय बासिहरु घरबाहिर निस्किएका छन् । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । साथै भूकम्पले के कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी रहेको बझाङ प्रहरीले जनाएको छ ।

उक्त भुकम्पमा परी हालसम्म ८ जना घाइतेहरुको उपचार गराउन अस्पताल लगिएको बझाङ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.नवराज जोशीले बताए । उनका अनुसार ८ जनामध्ये १ जनाको खुट्टामा ठूलो चोट लागेको र अन्य व्यक्तिीहरु भने सामान्य घाइते रहेको बताए ।

हाल घाइते सबैको अस्पतालमा उपचार भइरहेको सुपरिटेन्डेन्ट डा जोशीले बताएका छन् । घाइतेहरुमा १८ वर्षीया सुनिता रोकाया, ३ वर्षीया निकिता बोहरा, ७ वर्षीया सलिना जोशी, १६ वर्षीया अलिस बम, प्रमिला जोशी, १३ वर्षीया सविता रोकाया र ३६ वर्षीया शान्तिदेवी थापा रहेका छन्।

यसअघि दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएपछि एक गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालेर डा जोशीकै टोलीले सामान्य प्रसव गराएका थिए । भूकम्पपछि अस्पतालको प्रांगणमा प्रसव गराइएकी महिला र नवजात दुवैको स्वास्थ्य अहिले सामान्य रहेको समेत डा जोशीले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस