आज:  | Mon, 29, Apr, 2024

जिवजन्तु तथा जनावरको संरक्षणबारे सचेतना जगाउन आज विश्वभर पशु दिवस मनाईदै,

१७ आश्विन २०८०, बुधबार ०८:३५ मा प्रकाशित ( ६ महिना अघि) ३८४ पाठक संख्या
नारी बाटिका


काठमाडौं,१७ असोज .

आज विश्वभर पशु दिवस मनाईदै छ । जनावरले वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन सहयोग गर्ने भएकोले पनि जिवजन्तु तथा जनावरको संरक्षणबारेमा सचेतना जगाउन बुधबार विश्व पशु दिवस मनाउन लागिएको हो ।

मानव स्वास्थ्यको लागी घातक मानिने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पशुपक्षीको योगदान महत्त्वपूर्ण रहने भएकोले पनि मानिस हरुले पशुमंन्छिको सम्रक्षेणमा लाग्नु पर्ने पशु संरक्षणकर्मी बताउँछन् ।

तर पछिल्लो समयमा नेपालका देश चलाउने नेतृत्व तहका केही नेताहरुले व्यक्तिगत स्वार्थ राखी आफ्ना राजनितिक पद पुर्ति गर्नका लागी धर्म निरिपेच्क्ष नेपाल भनेर संस्कार र संस्कृतीले भरिएको नेपाल जस्तो मुलुकलाई कुठाराघात गरेपछी हिन्दु राष्ट्र नेपालको नामै मेटि दिएका कारण हाल आएर पछिल्लो पुस्ताले धार्मिक मुल्य र मान्यतासंग जोडिएको गौ माता,शुभ र अशुभ समचारको पंन्क्षी काग पुजा गर्ने प्रचलनलाई बेवास्ता गर्न थालेको अवस्था छ ।

साथै पुर्खाहरुले मान्दै आएको संस्कार,संस्कृति मात्रै नभएर मानव जिवनको स्वास्थ्य संग जोडिएको गाईको दही,दुध खाँदा साना बालबालिका,वृद्ध वृद्धा,सुत्केरी तथा अशक्त अवस्थाका मानिसलाई तागत र शक्ति प्रदान गर्ने नेपालको राष्ट्रिय जनावर मानिने गाई, तिहारमा पूजा गरिने कुकुर लगायतका जनावरप्रति मानवीय व्यवहार क्रुर हुन थालेको भन्दै नेपाली समाज नै चिन्तित छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस