आज:  | Fri, 17, May, 2024

पुरातत्व विभागको प्रतिवेदन अनुसार भूकम्पले भत्किएका ७६० सम्पदाहरु पुनः निर्माण

१८ आश्विन २०८०, बिहीबार १७:०७ मा प्रकाशित ( ७ महिना अघि) २७२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ, १८ असोज ।

राष्ट्रिय पुरातत्व विभागद्धारा नेपालमा २०७२ बैशाख १२ को भूकम्पले भत्किएका ७६० सम्रचनाहरु पुनः निर्माण भएको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालमा आज भन्दा ८ वर्ष अगाडी अर्थात विसं २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले भत्किएका सात सय ६० सम्रचनाहरु पुनः निर्माण गरि सकिएको पुरातत्व विभागले जनाएको हो ।

नेपालमा २०७२ सालमा गएको सक्तिशालीः भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदाहरुमा क्षतिग्रत पुर्‍याएको थियो । हाल ५० सम्पदा पुनः निर्माणधिन चरणमै रहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनु भयो । चालु आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण सुरु गर्न बजेट विनियोजन भएको उहाँले बताउनु भयो ।

उक्त समयको भूकम्पले एक सय वर्ष भन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्‍याएको जनाउँदै कुँवरले ती मध्ये २५ वटाको पुनःनिर्माण भइरहेको बताउनु भयो। यसैगरी बाँकी सम्रचनाको पुनः निर्माणका लागि पहल भइरहेको विभागले जनाएको हो । सम्पदा पुनः निर्माणका लागि काठ, इट्टा लगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको पनि प्रवक्ता कुँवरको भनाइ छ ।

२०७६ चैत ११ पछि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका समयमा गरिएको बन्दाबन्दी, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउँनु लगायत कारणले पनि काममा ढिलाइ हुने गरेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस