
नारी बाटिका
धादिङ,१८ असोज ।
धादिङमा“प्रसम” प्रगतिशील समाजवादी मञ्च गठन, भएको छ । प्रगतिशील समाजवादी मन्चको संयोजकमा सिताराम कोईराला चयन भएका छन् । असोज ११ गते काठमाण्डौँमा सम्पन्न भएको भेलाले सिताराम कोइरालाको संयोजकत्वमा प्रगतिशील समाजवादी मञ्च “प्रसम” गठन गरेको हो ।
संयोजकमा सिताराम कोईरालाको नेतृत्वामा मञ्चलाई चलायमान बनाउनको निम्ति सल्लाह सुझाव र मार्गदर्शन गर्न श्री शेर बहादुर भण्डारीको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ ।
समकालीन नेपाली समाजको वर्ग विश्लेषण गरी एक्काइसौं शताब्दीमा नेपाली समाजवादको मौलिक रुपरेखा कोर्नको निम्ति सौहार्द्रतापूर्ण छलफल र बहसको आश्यकता रहेकोले समाजवादमा आस्था राख्ने शक्तिहरूको साझा मन्चको रुपमा अघि बढाउन सामाजिक जीवनका विभिन्न तह र तप्कामा रहेर योगदान दिँदै आएका व्यक्तिहरु मिलेर मन्च गठन गरिएको संयोजक कोईरालाले बताउनु भयो ।
नेपाली जनताको लामो बलिदानी पछी राजतन्त्रको अन्त्यसँगै देशले पुँजिवादी लोकतान्त्रिक संविधान प्राप्त गरेको प्रगतीसिल समाजबादको दावी छ । संविधानको प्रस्तावनामा नै देशलाई समाजवाद उन्मुख राष्ट्रको रूपमा उल्लेख गरिएको छ । त्यसका अतिरिक्त प्राय सबैजसो राजनितिक दलहरुले आफ्ना आधिकारिक दस्तावेज मार्फत आफूलाई समाजवादको हिमायती शक्तिको रूपमा प्रस्तुत गरिरहेका सिताराम कोईराला द्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
समाजवाद उन्मुख संविधान घोषणा भएको झन्डै एक दशक बित्न लागिसक्दा सामुहिक सम्पत्ति, समूहले निर्धारण गरेको आदर्श प्राप्ति, समानता, विधिको शासन जस्ता समाजवादको सर्वमान्य मान्यता विपरीत देशमा शिक्षा, स्वास्थ्य जस्ता आम नागरिकको आधारभूत आवश्यकताका क्षेत्रबाट समेत राज्य पछिंदै गएर दलाल पुँजिवादको चङ्गुलमा फस्दै गएको बिज्ञप्तीमा उल्लेख छ ।
मञ्चमा सम्पूर्ण प्रगतिशील। देशभक्त लोकतान्त्रिक तथा समाजवादी शक्तिहरुको साझा मञ्चको रूपमा विकास गर्न चाहेको संयोजक सिताराम कोईरालाले बताएका छन् ।







प्रतिक्रिया दिनुहोस